मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

शेयर कारोवार, बेरोजगार भत्ता र स्टिमुलस लिनेको ट्क्यास के हुन्छ

शेयर कारोवार, बेरोजगार भत्ता र स्टिमुलस लिनेको ट्क्यास के हुन्छ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी शेयर बजारमा कारोबार गर्ने अर्थात शेयर किनवेच गर्ने जो कोहीले पनि ट्याक्स फाइल गर्दातोकिएको विवरण भर्नु पर्छ । सिपिए भिम कार्की भन्छन् सन २०२० मा शेयर किनवेच गर्नेले उक्तबर्षको ट्याक्स फाइल गर्दा नियमानुसार १०९९ बी फारमका विवरण पनि भर्नु पर्छ। सिपिए भिमकार्की भन्छन् यो फारम जुन अनलाइन प्लेटफर्म वा  ब्रोकरेज मार्फत शेयर किने वेच गरेको हो त्यहींउपलब्ध हुन्छ ।
 
अहिले थुप्रै नेपालीले अमेरिकी शेयर बजारमा लगानी गरेका छन् । शेयर बजारपनि लगानीको एउटाक्षेत्र हो र यहां कारोबार गरेको विवरण ब्रोकर एजेन्सीले अमेरिकी राजश्व हेर्ने निकाय आईआरएसमापनि पठाएको हुन्छ । यदी प्रत्येक् बर्ष ट्याक्स फाइदा गर्दा यो नियमानुसार भरिएन भनेआइआरएसले पत्राचार पछाउछ र कर विवरण शंसोधन गर्न पर्ने पनि हुन सक्छ। 
 
यदी शेयर कारोवार गर्दा उक्त बर्षमा ठुलो नोक्सान छ भने प्रत्येक बर्ष त्यो नोक्सान मध्येवाट ३ हजारअमेरिकी डलर कट्टा गर्न पाइन्छ । नाफा भएको छ भने निमानुसार कर लाग्छ । 
 
शेयर किनबेचमा नाफा भयो कर कति लाग्छ ? यसमा कार्की भन्छन् यदी कुनै शेयर एक वर्ष भन्दाछोटो समय राखेर बिक्रि गरेर नाफा भएको छ भने वढी कर लाग्न सक्छ । एक वर्ष वा लो भन्दा बढीसमय राखेर शेयर विक्री गर्दा नाफा भएको रहेछ भने केही कम अर्थात अधिकतम  २० प्रतिशतसम्ममात्र कर तिरे पुग्छ । छोटो समयमा किनवेच गरेर नाफा आएको रकममा भने व्यक्तिको नियमितआयकर सरह ट्याक्स तिर्नु पर्ने हुन्छ । 
भिम कार्की, सिपीए (him.karki@karkicpa.com)

भिम कार्की, सिपीए ([email protected])
बेरोजगार भत्ता वा सरकारले दिएको स्टिमुलक चेकमा के हुन्छ ? कार्की भन्छन् । यो पैसा लिनेलाईक्रेडिट वा अध्सागमन सम्बन्धि प्रकृयामा कुनै फरक पर्दैन र यो पब्लिक चार्ज पनि होइन ।
 
कुनै पनि बेलाको बेरोजगार भत्ताले कसैलाई पनि कुनै खालको असर पर्दैन कार्की भन्छन् बेरोजगारभत्ता लिने भनेको ब्यक्तिको वाध्यता हो र यो बीमा योदना अन्तर्हत गर्रिने भुक्तानि हो त्यसैले लिनेलाईकंही कतै फरक पर्दैन । 
 
बरु यसले रोजगार दिनेलाई भने असर पर्न सक्ने कार्कीले वताए । जागिर दिने अर्थात रोजगार दाताकम्पनीको बीमा शुल्क (कर) केही वढ्न  सक्छ असर यत्ति हो । यो वर्ष कुनै करगाता ले १० हजार २सय डलर सम्म बेरोजगार भत्ता पाएको छ भने यो कर प्रयोजनका लागि आम्दानीमा जोडिदैन । 
 
जसले सरकारवाट  प्राप्त स्टिमुलस कार्यक्रम मार्फत चेक लिए उनीलाई पनि ट्याक्स फाइल गर्दाकुनै फरक नहुने कार्कीले वताउंछन् । यो आम्दानी कर प्रयोजनका लागि जोडिदैन । बरु जसले पाउनुपर्ने हो उनिहरूले स्टिमुलस चेकको रकम न पाएका रह्थन भने कर विवरण दाखिला गर्दा उनीहरुलेपनि उक्त रकम पाउंछन् । 
 
अमेरिकी सरकारले कोभिड १९ महामारीका कारण अमेरिकाका नागरिक र स्थायी वासिन्दालाईशुरुमा १२०० त्यसपछि ६०० र १४०० का दरले पैसा  स्टिमुलस कार्यक्रम अन्तर्गत रकम दिएको हो । 
 
कसैको गत बर्षको आम्दानी शुन्य छ भनेपनि स्टिमुलस सहुलियतको पैसा लिनका लागि करदाखिला गर्दा पाइने भएकाले ट्याक्स फाइल गर्दा उपयुक्त हुने सुझाव कार्कीको छ । 
तपाईका अमेरिकामा ट्याक्स फाइलमा प्रश्न छन् भने  कर विज्ञ भिम कार्कीले यसको जवाफ दिनुहुने छ (him.karki@karkicpa.com / 214-223-0730)

तपाईका अमेरिकामा ट्याक्स फाइलमा प्रश्न छन् भने कर विज्ञ भिम कार्कीले यसको जवाफ दिनुहुने छ ([email protected] / 214-223-0730)
अमेरिकामा पढिरहेका विद्यार्थीले पनि स्टिमुलस चेक पाएका छन् । खासमा  विदेशवाट यहां पढनआउने विद्यार्थी अमेरिकी नागरिक वा यहांको स्थायी वासिन्दा होइनन् । अमेरिकाको कानुन अनुसाररेसिडेन्टले मात्र ट्याक्स फाइल गर्ने हो । तर, यहां नियमानुसार केही घण्टा काम गर्न पाउने विद्यार्थीलेपनि ट्क्यास फाइल गर्नु पर्छ । जसले ट्याक्स फाइल गरे उनीहरुलाई सरकारले पैसा दियो ।उनीहरुले अमेरिकी सरकारवाट सुविधा पाउनु नपर्ने हो । तर, जसले ट्याक्स फाइल गरे सवैलेसरकारले दिएको पैसा पाएका छन् । विदेशी विद्यार्थीको हकमा के हुन्छ यो कानुनमा स्पष्ट छैनकार्कीले भने ।     ज जसले पाए यो उनीहरुको लागि फाइदा पनि हो ।  
 
टीपीएस लिनेले भने सवै सुविधा रेसिडेन्स सरह नै पाउंछन् । पाएका छन् । 
 
२०२० मा ट्याक्स कानुनमा खासै परिवर्तन भएनन  । कार्की भन्छन् परिवारका लागि २४ हजार ८ सयर व्यक्तिका लागि १२ हजार ४ सयसम्मको आम्दानीमा कुनै कर तिर्नु पर्दैन । यस भन्दा बढीआम्दानीमा कर तिर्ने हो । यो आम्दानीमा सरकारले दिएको सहुलियत जोडिदैन । 
 
बरु आउने जुलाई महिना देखि ६ बर्ष भन्दा कम उमेरका छोराछोरी हुनेले प्रत्येक महिना ३ सयअमेरिकी डलर पाउने कार्कीले वताए । १७ बर्ष भन्दा कम उमेरका छोरा छोरी हुनेले भने २५० डलरपाउंछन् । हालको १७ वर्ष मुनिका बालवालिका ले पाउने वार्षिक २००० डलर को सुविधा लाइबढाएर २०२१ का लागि ६ बर्ष मुनिका लाइ ३६०० र ६ देखि १७ बर्षका लाइ ३००० बनाएर र त्यस्लाइ मासिकरूपमा भुक्तानि गरिने भएको हो।