मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससमा १६ वर्षभन्दा माथिका सबैले कोभिडको खोप लगाउन पाउने

टेक्ससमा १६ वर्षभन्दा माथिका सबैले कोभिडको खोप लगाउन पाउने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस- अमेरिकामा जनसंख्याको हिसाबले दोस्रो ठूलो राज्य टेक्ससमा अब सबैले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । राज्यमा अब १६ वर्षभन्दा माथिका सबैले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने राज्यको स्वास्थ्य विभागले जनाएको छ ।  
 
मंगलबार टेक्ससको डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेजले दिएको जानकारीअनुसार ८० वर्षभन्दा माथिका व्यक्तिले समय नलिइकनै खोप लगाउन पाउनेछन् भने अन्यले खोप लगाउने समय लिनु पर्नेछ ।  
 
स्वास्थ्य विभागका अनुसार आगामी सोमबारदेखि यो व्यवस्था लागू हुनेछ । राज्यले अनलाइनमार्फत नै खोपको समय लिन मिल्ने व्यवस्था गर्ने बताएको छ । 
 
टेक्ससको डिएसएचएस अर्थात डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेजका अनुसार संघीय सरकारबाट भइरहेको खोपको ढुवानी वृद्धिका कारण राज्यले सो निर्णय गरेको हो ।  

 

टेक्सस क्यालिफोर्नियापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्यअन्तर्गत पर्छ । तर, पछिल्लो समय संक्रमितको संख्यामा कमी आइरहेको छ । टेक्ससमा केही दिनअघि गभर्नर ग्रेग आभोटले मास्क अनिवार्य लगाउनुपर्ने आदेश फिर्ता लिएका थिए । यद्यपि मास्क लगाउनुपर्ने आदेश फिर्ता लिएकोमा गभर्नरको चौतर्फी आलोचना हुँदै आएको छ । 

 
राज्यको यो पछिल्लो घोषणाले थप २२ मिलियन जना खोपको लागि योग्य बनेका छन् । टेक्सस राज्यले डिसेम्बरदेखि अहिलेसम्म १४ मिलियन डोज खोप अर्डर गरिसकेको छ ।  
 
त्यसैगरी नौ दशमलव तीन मिलियन खोप दर्ता भइसकेको जनाइएको छ । ६ मिलियन जनाले कम्तीमा एक डोज खोप प्राप्त गरिसकेका छन् भने तीन मिलियनले दुवै डोज खोप लगाइसकेको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।