अमेरिका समाचार

टेक्ससमा १६ वर्षभन्दा माथिका सबैले कोभिडको खोप लगाउन पाउने

टेक्ससमा १६ वर्षभन्दा माथिका सबैले कोभिडको खोप लगाउन पाउने


शेयर गर्नुहोस:

4.5k
Shares

  • change font
  • change font
  • change font

टेक्सस- अमेरिकामा जनसंख्याको हिसाबले दोस्रो ठूलो राज्य टेक्ससमा अब सबैले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । राज्यमा अब १६ वर्षभन्दा माथिका सबैले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने राज्यको स्वास्थ्य विभागले जनाएको छ ।  
 
मंगलबार टेक्ससको डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेजले दिएको जानकारीअनुसार ८० वर्षभन्दा माथिका व्यक्तिले समय नलिइकनै खोप लगाउन पाउनेछन् भने अन्यले खोप लगाउने समय लिनु पर्नेछ ।  
 
स्वास्थ्य विभागका अनुसार आगामी सोमबारदेखि यो व्यवस्था लागू हुनेछ । राज्यले अनलाइनमार्फत नै खोपको समय लिन मिल्ने व्यवस्था गर्ने बताएको छ । 
 
टेक्ससको डिएसएचएस अर्थात डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेजका अनुसार संघीय सरकारबाट भइरहेको खोपको ढुवानी वृद्धिका कारण राज्यले सो निर्णय गरेको हो ।  

 

टेक्सस क्यालिफोर्नियापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्यअन्तर्गत पर्छ । तर, पछिल्लो समय संक्रमितको संख्यामा कमी आइरहेको छ । टेक्ससमा केही दिनअघि गभर्नर ग्रेग आभोटले मास्क अनिवार्य लगाउनुपर्ने आदेश फिर्ता लिएका थिए । यद्यपि मास्क लगाउनुपर्ने आदेश फिर्ता लिएकोमा गभर्नरको चौतर्फी आलोचना हुँदै आएको छ । 

Advertisement
 
राज्यको यो पछिल्लो घोषणाले थप २२ मिलियन जना खोपको लागि योग्य बनेका छन् । टेक्सस राज्यले डिसेम्बरदेखि अहिलेसम्म १४ मिलियन डोज खोप अर्डर गरिसकेको छ ।  
 
त्यसैगरी नौ दशमलव तीन मिलियन खोप दर्ता भइसकेको जनाइएको छ । ६ मिलियन जनाले कम्तीमा एक डोज खोप प्राप्त गरिसकेका छन् भने तीन मिलियनले दुवै डोज खोप लगाइसकेको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

शेयर गर्नुहोस:

4.5k
Shares