मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जीपीके फाउण्डेसनद्वारा ३४औं पटक निशुल्क खाद्यान्न वितरण

जीपीके फाउण्डेसनद्वारा ३४औं पटक निशुल्क खाद्यान्न वितरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले ३४ औं पटक निशुल्क खाद्यान्न वितरण गरेको छ । मार्च ९  तारिखका दिन गरिएको खाद्यान्न वितरण न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह–संस्थापक जनाथन फरगाससंगको सहकार्यमा गरिएको फाउण्डेसनका अभ्ध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । 

खाद्यान्न वितरणबाट विभिन्न समुदायका तीन सय ७५ जना लाभान्वित भएको बताइएको छ । खाद्यान्न अन्तर्गत दुध, दही, स्याउ, चिकन, मिटबल्स, चिज, प्याज, आलु र गाज लगाउत रहेको अध्यक्ष घिमिरेले बताए । खाद्यान्न वितरणका लागि न्युयोर्कको क्वीन्सकासाड।टेम्बा शेर्पा, ढापा बुडा मगर, गणेश श्रेष्ठ, डेभिन क्लोस लगायत खटिएका थिए । 
सो कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, सदस्यहरु रामचन्द्र अधिकारी, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवर क्षेत्री लगायत पिक्स ११ न्युजकी टेलिभीजन संवददाता मोनिका मोरालेसको पनि उपस्थिती रहेको थियो ।
फाउण्डेसनले गर्यो कराँते खेलाडीलाई स्वागत , न्युयोर्कमा कराँते स्कुल खोलिने:

गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाले नेपालका अन्तर्राष्ट्रिय कराँते खेलाडीद्वय जनकसिंह खड्का र सुनिल लामालाई  स्वागत गरेको छ । मार्च १३ तारिखका दिन न्युयोर्कको क्वीन्सस्थित आफ्नै कार्यालयमा भएको एक कार्यक्रममा संस्थाका अध्यक्ष सोमनाथ घिमीरेले खेलाडीलाई स्वागत गरेका थिए ।

फाउण्डेसनका सदस्य राजेश आचार्य, भोईस फर युथका संस्थापक-कार्यक्रम निर्देशक छिरिड। लामा योन्जन लगायतले कराँते खेल र समसामयिक विषयमा अन्तरक्रिया गरेका थिए । खेल र स्वास्थ्य एकअर्कासँग सम्वन्धित भएकाले यसलाई सँगसँगै अगाडि बढाउने उद्देश्य अनुसार छिट्टै न्युयोर्कमा कराँते स्कूल खालिने जानकारीपनि गराईको थियो । कैलालीको धनगढी घर भएका जनकसिंह खड्का राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशिक्षक समेत हुन् ।

खड्काले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदकहरु पनि जितिसकेका छन् । उनले पछिल्लो पटक सन् २०१६ मा हंगेरीमा आयोजित अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।

अर्का अन्तर्राष्ट्रिय कराँते खेलाडी सुनिल लामाले सन् २०१० मा बंगलादेशमा आयोजना भएको ११ औं सागमा स्वर्ण पदक जितेका थिए र नेपालको प्रतिनिधित्व गर्दै लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई थुप्रै पदकहरु पनि जितिसकेका छन् ।