मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कका गभर्नर कुमोमाथि कोभिडका मृतकको तथ्यांक लुकाएको आरोप

न्युयोर्कका गभर्नर कुमोमाथि कोभिडका मृतकको तथ्यांक लुकाएको आरोप

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । नर्सिङ होममा मृत्यु भएकाको सही तथ्यांक बाहिर ल्याउन न्युयोर्कको अदालतले राज्य सरकारलाई आदेश दिएको छ ।  
 
न्युयोर्कका न्यायाधीशले राज्यको स्वास्थ्य विभागको नाममा आदेश जारी गर्दै कोरोना भाइरसबाट न्युयोर्कको नर्सिङ होममा मृत्यु भएकाको यकिन तथ्यांक बझाउन आदेश दिएको हो । 
 
गत मार्च अप्रिलमा न्युयोर्क कोभिड-१९ को इपिसेन्टर बनेको बेला अस्पतालको चाप कम गर्न गभर्नर कुमोले कोरोना भाइरसका बिरामीलाई नर्सिङ होममा राख्न निर्देशन दिएका थिए । नर्सिङ होममा कोरोना संक्रमितहरुलाई राखेका कारण संक्रमण वृद्धवृद्धाहरुमा फैलिन गएका कारण धेरैको मृत्यु भएको दाबी गरिएको छ ।  
 
गभर्नरको गलत आदेशका कारण नर्सिङ होममा मृतकहरुको संख्या धेरै भएको आरोप कुमोका विपक्षीहरुले लगाउँदै आएका छन । विशेषगरी रिपब्लिकनहरुले नर्सिङ होममा कोभिडका बिरामीहरुलाई लैजान आदेश दिएर गभर्नर कुमोले गल्ती गरेको आरोप लगाउदै आएका छन् । 
 
स्टेट सिनेटर जिम टेडिस्कोले (रिपब्लिकन) नर्सिङ होममा कोभिडका कारण मृत्यु भएकाहरुको तथ्यांक लुकाएको भन्दै राज्य सरकार तथा स्वास्थ्य विभागविरुद्ध उजुरी गरेका थिए । उनको उजुरी उपर सुनुवाइ गर्दै राज्य अदालतले स्वास्थ्य विभागलाई नर्सिङ होममा कोभिडका कारण मृत्यु हुनेको यकिन तथ्यांक सार्वजनिक गर्न आदेश दिएको हो ।  
 
नर्सिङ होममा मृत्यु हुनेहरुको तथ्यांक नदिएर सूचनाको हकको हनन भएको भन्दै टेडिस्कोले गत अगष्टमा नै उजुरी दिएका थिए । 
 
कोभिड-१९ को इपिसेन्टरका बेला न्युयोर्कका गभर्नर एण्ड्रयु कुमोले प्रभावकारी काम गरीरहेको भन्दै प्रशंसा भइरहेका बेला नर्सिङ होमको मुद्दाले कुमोको लोकप्रियतामा कमी आउन सक्ने भन्दै विपक्षीहरुले खेल खेले पनि डेमोक्रयाट गभर्नर कुमोको गल्ती नभएको उनका समर्थकहरुले दाबी गरिरहेका छन् ।  
 
डेमोक्रयाटहरुको दाबीअनुसार गभर्नर कुमोको लोकप्रियतादेखि डराएर रिपब्लिकनहरुले सस्तो राजनीतिक खेल खेलिरहेका छन, कुमोलाई दोषी ठहर गर्न सक्दैनन् । 
 
अर्कोतर्फ न्युयोर्क राज्यको स्वास्थ्य विभागले राज्यले नियमितरुपमा स्वास्थ्य अवस्था तथा मृतकको तथ्यांक अद्यावधिक गर्ने जनाएको छ । गत मार्च अप्रिलमा न्युयोर्क कोभिड-१९ को इपिसेन्टर हुँदा झण्डै २५ हजार बढीले ज्यान गुमाएका थिए भने जसमध्ये आधाजसो मृत्यु नर्सिङ होममा भएको दाबी गरिएको छ ।