मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा ३३ औँ पटक खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा ३३ औँ पटक खाद्यान्न वितरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले ३३ औँ पटक निःशुल्क खाद्यान्न वितरण गरेको छ ।  
 
जनवरी ३० का दिन सम्पन्न भएको खाद्यान्न वितरण कार्यक्रम न्युयोर्क सहरको क्विन्स बोरोस्थित क्विन्स टुगेदर संस्थाका सह–संस्थापक जनाथन फरगाससँगको सहकार्यमा भएको फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।  

फाउन्डेसनको निःशुल्क खाद्यान्न वितरणबाट विभिन्न समुदायका २१५ जना लाभान्वित भएको आयोजकले जनाएको छ । वितरण गरिएको खाद्यान्नमा बासमती चामल, कालो दाल, रातो दाल, गहतको दाल, प्याज, आलु र गाजरलगायत समावेश गरिएको जनाइएको छ । 

खाद्यान्न वितरण कार्यक्रममा न्युयोर्कका वीरेन्द्र मानन्धर, साड. टेम्बा शेर्पा, फुर्पा लामा शेर्पा, रेन्जेन शेर्पा, सन्जु शेर्पा, लाक्पा डोमा शेर्पा, सेरगेल्बु शेर्पा, कर्मा शेर्पा र पासाड शेर्पालगायतको सक्रियता रहेको थियो ।  

 
फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ्ग राप्के लामा, कार्यसमिति सदस्यहरु क्रमशः रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, राजेश आचार्य, प्रेम पौडेल, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुँवर क्षेत्री र एबिसी न्युजकी पत्रकार मेडालिन रेनवारगरको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।