मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल किन महंगो छ ?

नेपाल किन महंगो छ ?


नेपालको राजधानी काठमाडौं र चितवनको दूरी करिव १७० किलोमिटर छ । त्यहां जान एउटा ट्याक्सी लियौं तर, यसको सट्टा स्कार्पियो भेटियो । यसका ड्राइभर लक्ष्मण लौडारी भारत सहित साऊदी अरबमा १० बर्ष काम गरेका रहेछन । लक्ष्मणले काठमाडौ वाट चितवन आउन जानका लागि उनले ११ हजार भारु लिए । तर, भारतको नयां दिल्लीमा यही दूरी पुरा गर्न चार हजार भारु भए पुग्छ । 
 
लक्ष्मण संगै सोधे यति धेरै पैसा किन लाग्यो ? 
यसमा लक्ष्मण हांस्दै भने मलाई सरकारले लुटी रहेको छ जनतालाई लुटी रहेको छ तपाईलाई थाहा छ स्कांपिर्यो कतिमा किनेको हो । दुई बर्ष पहिले यो स्कांर्पियो लगभग २२ लाख भारतीय रुपैंया मा किनेका थिए । भारतमा तिन लाख रुपैंया अरु थप गर्ने हो भने नयां स्कार्पियो आउंछ । नसोध्नुहोस नेपालमा गाडी किन्दा यति धेरै पैसा किन पर्छ । लक्ष्मण रिसाउंदै भन्छन् सरकार हामीसंग केवल असुली मात्र गर्छ तर केही पनि दिदैंन । 
 
खासमा नेपालमा गाडीमा मात्र होइन सरकारले मोटरसाइकलमा पनि निकै वढी कर असुल गर्छ । नेपाल सरकार भारतवाट जाने गाडीमा एक्साइज, भन्सार र पार्टपुर्जा लगायतमा २५० प्रतिशत भन्दा वढी कर असुली गर्छ । यसै कारण गाडीमा नेपालमा भारतमा भन्दा चार गुना महंगो पर्छ । नेपालमा सार्वजनिक यातायात पनि राम्रो छैन । ताकी निजी सवारी साधनमा खरिदलाई हतोत्साहित गर्नु परोस । 
 
बाइकको मूल्य पनि नेपालमा महंगो छ यसमा नेपाल सरकारको दावी छ कि यो लक्जरी कटेगरीमा पर्छ त्यसैले वढी कर लगाईएको हो । (वास्तवमा मोटरसाइकल मध्यम वा त्यसभन्दा पनि कम आयस्तर हुनेले प्रयोग गर्छन) । 
 
काठमाडौ विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर विश्व पौडेल भन्छन् जवसम्म नेपालमा राणाशाही रहन्छ तवसम्म यहा आमजनतालाई स्वतन्त्र भएर जिउन दिएका थिएनन् । राणाकालमा नेपाली जनतालाई सुविधा र सहुलियत दिन शासक तयार थिएनन यही अवस्था आज पनि छ ।
 
मोटरगाडीमा नेपालले २५० वा ३०० प्रतिशत कर लगाउने कुनै कारण नै छैन । बरु यसको सट्टा सडक निमार्ण विस्तार गरी सडकमा टोल ट्याक्स लिन सक्छ । विरगंज नेपालकै मुख्य सामान ओसार पसार गर्ने नाका हो । विरगंज र काठमाडौ विचको दूरी १५० किलोमिटर छ । तर, त्यहांवाट ट्रक आउन दुई दिन सम्म लाग्छ यसको कारण सडकको स्थिती खराब हुनु हो । 
 
सरकारसंग राजश्व वढाउने कुनै नयां दृष्किोण छैन यही कारण जथाभावी कर लिने गर्दै आएको छ पौडेलले भने । उनी भन्छन् नेपाल आफ्नो आम्दानीका लागि कर असुली र विदेशी मुद्राका लागि विदेशमा काम गर्ने नेपालीमा निर्भर छ, यहां  लगानीको विषयले जोड पकडिएको छैन यसमा सन्नटा छ, कोही लगानी गर्न आएपनि कुनै सुविधा नै छैन । 
 
विजुली पानी लगायतका सुविधाका लागि महंगो शुल्क तिर्नु पर्छ पौडेल भन्छन् मानसिकता नै विदेशी लगानी आयो भने देशमा कब्जा गर्छन भन्ने खालको छ । 
 
नेपाल सरकार नै आम नागरिकले सस्तोमा समान पाउन भन्ने चाहंदैन पौडेल भन्छन् खाली कार र वाइकको कुरा मात्र होइन यहां खाने र पिउने कुरापनि महंगो पर्छ । एक कप चियाको १४ भारु तिर्नु पर्छ । 
 
रेष्टुरेण्टमा खाना खान जाने हो भने त एक हजार रुपैंया पनि कम हुन सक्छ । यस्तै एक किलो खसीको मासुको ९ सय रुपैंया किलो पर्छ । आलुको सिजनमै यसको मूल्य ४५ रुपैंया किलो पर्छ । नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी नरबहादुर थापा भन्छन् नेपालसंग राजश्व जुटाउन विकल्प भारी कर लगाउनुको विकल्प छैन ।