मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

यी पनि एनआरएन अमेरिकाका सदस्य

यी पनि एनआरएन अमेरिकाका सदस्य

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकामा सधैंभरि विवादको जड सदस्यताको विषयलाई लिएर हुने गरेको छ । 

कहिले किर्ते रुपमा सदस्यता बनाएको त कहिले सदस्य बनेको व्यक्तिलाई जानकारी नै नदिई उसको मताधिकार अरुले प्रयोग गरिदिएको विषय हरेक चुनावमा पेचिलो रुपमा उठदै आएको छ । 

चुनाव अघि कार्यसमितिले सदस्यता वितरण निष्पक्ष र विवादरहित रुपमा गर्ने प्रतिवद्धता जनाएपनि चुनाव जित्नका लागि अनेक गलत कार्यहरु गर्न छाड्दैनन् । यही सन्दर्भमा एनआरएन अमेरिकाको सदस्यता सूचिमा ‘टेस्ट’ नाम दिएर चारवटा सदस्यता बनाएको पाइएको छ । 

टेस्ट आइओएस नामक सदस्यता नेब्रास्का राज्यबाट दिइएको छ भने टेस्ट क्याण्डीडेट, टेस्ट नोमिनेटर र टेस्ट सपोर्टर नामक सदस्यता टेक्ससबाट दिइएको छ । यो
लापरवाही कस्ले ग¥यो भन्ने बारेमा एनआरएनका कोही पनि पदाधिकारीले बोल्न इन्कार गरेका छन् । 

हिमालयखबरले यो विषयमा अध्यक्षदेखि उपाध्यक्षहरु, महासचिवलाई बारम्बार सम्पर्क गर्ने प्रयास गरेको थियो । अधिकांश सम्पर्कमा आउनै चाहेनन् । सम्पर्कमा आएका जति केहीले जानकारी नभएको बताए भने केहीले यस्तो त हुनु नपर्ने हो भन्दै पन्छिएका छन् ।

यही फेब्रुअरी १५सम्म सदस्यता लिन पाइन्छ । तर अहिलेसम्म दुइहजार ५ सयले मात्र सदस्यताको लागि निवेदन दिएका छन् ।