मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली दुतावासले भिषा र ट्राभल डकुमेन्ट सेवा हुलाक मार्फत प्रदान गर्ने

नेपाली दुतावासले भिषा र ट्राभल डकुमेन्ट सेवा हुलाक मार्फत प्रदान गर्ने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका स्थित नेपाली दुतावासले भिषा, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु हुलाक मार्फत नै दिइने जनाएको छ । जनवरी २२ मा सूचना जारी गर्दै दुतावासले प्रमाणीकरण र पहिले एमआरपी लिइसकेकाहरुलाई राहदानी हुलाक मार्फत नै प्रदान गरिने जनाएको छ । तर गैर आवासीय नेपाली परिचयपत्र वितरण भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । गैर आवासीय नेपाली परिचयपत्र स्थगनलाई प्राविधिक कारण बताएको दुतावासले अन्य कारण भने खुलाएको छैन । 
 
त्यसैगरि आफै उपश्थित भइ सेवा लिन चाहेमा पहिले नै समय निश्चित गर्नुपर्ने दुतावासको सूचनामा जनाइएको छ । पहिलो पटक एमआरपी र हस्तलिखित राहदानी लिन भने अनिवार्य रुपमा आफै उपश्थित हुनुपर्ने छ । त्यस्तै अति आवस्यक कामको लागि अग्रिम रुपमा समय निश्चित गरेरमात्र दुतावासमा आउन सकिने दुतावासको सूचनामा उल्लेख छ । 
 
दुतावासका अनुसार यसरी अनलाईन बाट समय मिलाउन सकिनेछ :
दुतावासका अनुसार कुनैपनि निवेदन पेश गर्नुअघि दुतावासको वेभ साइड https://us.nepalembassy.gov.np को  ‘Consular Services’ -कन्सुलर सर्भिस_ मेनुभित्र उल्लेख भएका सूचनाहरु राम्ररी पढेर आवस्यक कागजात तयार पारी  ‘submit your details here’ गरी निवेदनको व्यहोरा अनिवार्य रुपमा दर्ता गर्नुपर्नेछ । यहि लिंक मार्फत अग्रिम समयपनि लिन सकिने दुतावासले जनाएको छ ।
 
दुतावासका अनुसार निवेदन र कागजात पुरा भएमा कन्सुलर सेवाहरु प्रदान तथा हुलाक मार्फत पठाउन बढिमा पाँच दिन लाग्न सक्नेछ । तर सेवाको समय सेवाग्राहीको ठेगाना र हुलाकको कार्यालयले पनि निर्धारण गर्न सक्नेछ । 
 
अन अराइभल भिषा सम्बन्धी व्यवस्था :
दुतावासका अनुसार नेपालमै पुगेर पाइने अन अराइभल भिषा सम्बन्धी पनि केही नयाँ व्यवस्था गरिएको छ । अन अराभल भिषा, कुटनीतिक तथा औपचारिक पासपोर्ट वाहक, नेपाल स्थित संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी तथा पासपोर्टमा जन्मस्थान ‘नेपाली’ भनी उल्लेख भएका नेपाली मुलका विदेशी र गैर आवासीय नेपाली परिचयपत्र वाहकले पाउने भनी सूचनामा जनाइएको छ । दुतावासका अनुसार अध्यागमन विभागको वेभ साइडबाट अनलाईन निवेदन दिएर सब्मीसन नम्बर लिइ प्रिन्टेड कपी लिएमा नेपालमा कम समय लाग्नेछ । अन्य विदेशीहरुले भने दुतावासबाटै भिषा प्राप्त गर्नुपर्नेछ । 
 
नेपाल यात्रा गर्दा कोभिड १९को नकारात्मक रिपोर्ट देखाउनै पर्ने :
नेपाल जाँदा सबैले यात्र शुरु गर्नु अघि ७२  घण्टा प्राप्त गरेको पीसीआर रिपोर्ट नकारात्मक भएको देखाउनु पर्नेछ । तर ५ बर्ष भन्दा कम उमेरकाको हकमा भने सो आवस्यक पर्ने छैन । पीसीआर रिपोर्ट सम्बन्धमा हवाइसेवा कम्पनीको बेग्लै व्यवस्था भएका सोको पालनापनि गर्नुपर्नेछ । त्यसको लागि सम्बन्धित कम्पनीसंग समन्वय गर्नुपर्नेछ । नेपाल प्रवेश गरेदेखि वा कोभिड १९ बाट संक्रमित व्यक्तिको सम्पर्कमा आएदेखि १० दिन क्वारेन्टीन र कोभिड पुष्टि भएमा कम्तिमा १० दिन आइसोलेसनमा बस्नै पर्नेछ । 

दुतावासले सोधपुछका लागि टेलिफोन भन्दा पनि इमेल [email protected] प्रयोग गर्नपनि अनुरोध गरेको छ ।