मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाद्वारा बार्षिक कार्यक्रम सार्वजनिक

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाद्वारा बार्षिक कार्यक्रम सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले आफ्नो आगामी रोडम्याप तयार पारेको छ । जनवरी १६ मा सम्पन्न फिप्नाको संघीय परिषद बैठकमा प्रस्तुत गरिएको आगामी कार्ययोजना सहितको रोडम्याप पारित भएको हो । परिषदको बैठकमा कार्यसमितिको तर्फबाट फिप्नाका अध्यक्ष लोक चेम्जोङले कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकले फिप्नाले आगामि कार्यक्रमलाई थप प्रभावकारी बनाउने निष्कर्ष समेत निकालेको छ । 
 
कोरोना महामारीका कारण भर्चुअल रुपमा सम्पन्न बैठकले महासचिव र कोषाध्यक्षले फिप्नाको कार्यसमितिको तर्फबाट प्रस्तुत आर्थिक र सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको फिप्नाका अध्यक्ष चेम्जोङले जानकारी दिए । त्यसैगरि बैठकले आगामी रणनीति र बैचारिक मार्गचित्र पनि पारित गरेको छ । फिप्नाको आगामी मार्गचित्रमा आदिवासी जनजातीहरुको आन्दोलन, विभिन्न जाती तथा वर्गको सामाजिक, शैक्षिक र आर्थिक पहुंच र उनीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । 
 
त्यसैगरि फिप्नाको कार्यक्षेत्रलाई विस्तार गर्दै नेपाली अमेरिकन  आदिवासी जनजातिहरूको पेशागत संगठनहरूलाई गोलबद्व गर्दै युवा, विद्यार्थी, महिला पत्रकारहरू, कलाकार,कानुन व्यावसायी साहित्यकार लगायतका पेशागत व्यक्तिहरुलाई समेट्दै एकीकृत शक्ती निर्माण गरिने जनाइएको छ । बैठकले न्युयोर्कमा नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापना गर्ने निर्णयपनि पारीत गरेको छ । यसको उद्धेश्य नेपाली अमेरिकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला, साहित्य, इतिहास, भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन नेपालप्रतीको चासो र आकषण बृद्धि गराउने रहेको जनाइएको छ ।