मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पावरबल र मेगामिलियनको पुरष्कार राशी ५० करोड डलर भन्दा माथि

पावरबल र मेगामिलियनको पुरष्कार राशी ५० करोड डलर भन्दा माथि

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका- साच्चै नै सुपर भाग्य चम्किएको रहेछ भने नेपाली रुपैंयामा अरर्बौपति वन्न सकिने छ । अमेरिकामा दुई मुख्य चिठ्ठा पावर बल र मेगा मिलियनको पुरष्कार राशिले नेरुमा अरर्बौपति वन्न सकिने छ । तर, यसका लागि २, २ डलर खर्च गरेर चिठ्ठा भने किन्नुपर्ने छ । 
 
मेगा र पावरवल चिठ्ठा अमेरिकाका ४६ राज्यमा विक्री वितरण हुन्छ । 
 
मेगा र पावरबल ज्याकपट केही केही साता देखि कसैलाई नपरेकाले पुरष्कार रकम बढ्दै गएको हो । आउने मंगलवार खुल्ने मेगा मिलियनको पुरष्कार राशी अहिले ६० करोड डलर भन्दा माथि पुगेको छ । यो नेपाली रुपैंयामा झण्डै ७० अर्ब हुन्छ । 
 
 यस्तै बुधवार खुल्ने पावरबलको पुरष्कार राशी ५५० मिलियन अर्थात ५५ करोड डलर पुगेको छ ।
 
यी चिठ्ठाले तत्काल धनी वनाउने छ । पर्ने संभावना ३० करोडमा एक हुन्छ । त्यसैले सुपर भाग्यमानीलाई मात्र भाग्यले साथ दिन्छ । चिठ्ठा पर्छ ।
 
६०० मिलियनको चिठ्ठा पर्दा हातमा कति पर्छ त ? यो पुरै पैसा भने पाइंदैन । यसमा कर तिर्नु पर्छ । एकै पटक नगदमा लिने हो भने केही कम हुन्छ । तर, जति कटाएपनि ४०० मिलियन डलर जति हात पर्छ । यो पनि त कम भएन । 
 
यो अहिलेसम्मकै सवैभन्दा ठुलो रकमको चिठ्ठा भने होइन । 
 
अमेरिकाका प्राय सवै ग्यांस स्टेसन र खुद्रा पसल देखि ठुला पसलमा मेगा र पावरबल किन्न पाइन्छ । एउटा चिठ्ठा किनेर अर्बपति भएको सपना भने देख्न पाइन्छ । फेरी के थाहा राम्रो सपना देख्नुभएको छ भने सुपर भाग्यमानि हुन पनि बेर लाग्दैन । तस्बिर: सामाजिक संजाल