मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी प्रजातन्त्रमा ग्रहण लागेको दिन

अमेरिकी प्रजातन्त्रमा ग्रहण लागेको दिन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- आज अमेरिकी संसद भवनमा जे भयो, त्यो अमेरिकाका लागि मात्र होइन, संसारकै लागि दुर्भाग्य हो। संसारको सबभन्दा पुरानो र बलियो प्रजातन्त्र को आज ट्रम्पका लठैतहरुद्वारा अस्मिता लुटिएको छ।
 
८ करोड १२ लाख अमेरिकी जनताको मत र ३०६ इलेक्टरल कलेज भोटले विजयी भएका बाइडेनलाई सहज सत्ता हस्तान्तरण गर्नुको सट्टा चुनाव भएको दिन देखि नै नतिजा अस्विकार गर्दै आएका राष्ट्रपति ट्रम्पको अराजक अभिव्यक्तिको नतिजा आज संसारले देख्यो।
 

संवैधानिक र कानुनी प्रावधान अनुसार राष्ट्रपतीय निर्वाचन भएको वर्ष जनवरी ६ का दिन प्रत्येक स्टेटहरुबाट प्रमाणित भएर आएको इलेक्टरल कलेज भोटको गणना अमेरिकी संसदको संयुक्त बैठकमा हुने प्रावधान छ। आजै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको विजयको औपचारिक घोषणा हुने कार्यक्रम थियो।

 
हाउस र सिनेटको बैठक भइरहेकै बेला ट्रम्पको उक्साहटमा चुनावी परिणाम उल्ट्याउने उद्देश्यका साथ जम्मा भएको अराजक भिडले यूएस क्यापिटल ( US Capitol) भित्र प्रवेश गऱ्यो। त्यसपछि जे भयो संसारले प्रत्यक्ष हेऱ्यो। संसद भवनका ढोकाहरु भत्काइए। झ्यालका सिसाहरु फोडिए। हाउस र सिनेटको बैठक कक्षमा छिरेर उपद्रव मच्चाइयो। हाउस स्पिकर पेलोसीको कार्यालयमा तोड्फोड् गरियो। उनको कुर्सीमा बस्दै फोटो खिचियो।

संसारले उदाहरणका रुपमा लिने अमेरिकी संसद भवन ट्रम्पका आततायीहरुले केही समय कब्जामा लिए। उपराष्ट्रपति, हाउस स्पिकर लगायतका वरिष्ठ संसदीय नेताहरुलाई तत्काल उद्धार गरेर सरक्षित स्थानमा लगियो। सासंदहरुलाई भुईंमा सुत्न र ग्यास मास्क लगाउन भनियो। संसदीय भवन युद्धस्थल जस्तै भयो। यूएस क्यापिटल लक्ड-डाउन गरियो।
 

आज दिउँसो टेलिभिजनमा प्रत्यक्ष देखिएका उल्लेखित दृश्य अमेरिकामा भएको हो, त्यो पनि अत्यन्त सुरक्षित मानिएको संसद भवनमा। अमेरिकाको मात्र होइन विश्वकै सुरक्षाको जिम्मा लिने अमेरिकाको राष्ट्रपतिकै उक्साहटमा उनका उग्रवादी समर्थकहरुले संसद भवनमा गरेको हमलाले अमेरिकाको दुई सय पैंतालिस वर्ष पुरानो स्थापित प्रजातान्तात्रिक छविमा दाग लागेको छ। विश्वभर प्रजातन्त्र र मानवअधिकारका पक्षमा उभिने अमेरिकाको दरिलो खुट्टा ट्रम्प नामको पोलियो रोगले लुलो बनाएको छ। प्रत्येक चार वर्षमा निष्पक्ष निर्वाचनबाट हुने राष्ट्रपतीय सत्ता हस्तान्तरणको वातावरण बनाउनुको सट्टा झुटा र अप्रमाणित सूचनाहरु ट्वीटरमा श्यर गर्दै आफ्ना समर्थकहरुलाई उग्र बनाएका ट्रम्प नामको श्राप भोग्न अमेरिका बाध्य भएको छ।

 
अब भेनेजुयला, जर्जिया लगायत अफ्रिकी वा एशियन मुलुकहरुमा हुने निर्वाचन प्रक्रिया वा नतिजाका बारेमा टिप्पणी गर्ने हक ट्रम्पको बहुलठ्ठी व्यवहारका कारण अमेरिकाले गुमाएको छ।
 

बेलायती प्रधानमन्त्री बोरिस जन्सनले आज अमेरिकी संसद भवनमा भएको घटनालाई अशोभनीय भन्दै निन्दा मात्र गरेका छैनन्, विश्वभर प्रजातन्त्रको पक्षमा उभिने अमेरिकामा शान्तिपूर्ण र नियमसंगत सत्ता हस्तान्तरण हुनु पर्नेमा जोड दिएका छन्।

 
प्रमुख शक्ति राष्ट्र भएकाले अमेरिकाको राष्ट्रपतिले अमेरिकालाई मात्र होइन, लगभग सबै विश्वलाई नेतृत्व दिन्छन् भन्ने आम बुझाई रहेको पाइन्छ। राष्ट्रपतिका रुपमा डोनल्ड ट्रम्पले विश्व नेतृत्व त परैको कुरा भयो, अमेरिका भित्र पनि आपसी द्वन्द्ध बढाउने, राजनीतिक रुपमा जनस्तरसम्म विभाजन ल्याउने काम गरे। ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने गरेका भएपनि उनको छुद्रता र अराजक गतिविधिले अमेरिकालाई ग्रेट होइन ओर्स्ट बनाएको छ। संभवत अमेरिकी इतिहास मै सबभन्दा खराब र क्रुर राष्ट्रपतिका रुपमा ह्वाइट हाउसबाट बाहिरिने अवस्थामा रहेका ट्रम्प नामको श्रापबाट अमेरिकाले अबको दुई हप्तामा मुक्ति पाउने निश्चित छ।
 
राज्यद्रोहको स्तरमा आज संसदमा भएको घटना गराउन सहयोग पुऱ्याउने ट्रम्प र संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता डेमोक्रेट र रिपव्लिकन नेताहरुले बताइसकेका छन्। राष्ट्रपति निर्वाचित जो बाइडेन, पूर्व राष्ट्रपति जर्ज बुश लगायतका नेताहरुले आजको घटनाका आधारमा मात्र अमेरिकालाई बुझिनु हुन्न। यस्ता देशद्रोही घटनाहरुलाई निस्तेज पार्दै देश एकताबद्ध हुनुपर्ने कुरामा जो बाइडेनले जोड दिएका छन्।
तस्बिर: सामाजिक संजाल

                                                                      तस्बिर: सामाजिक संजाल