मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको संसद भवन क्यापिटल हिलमा हंगामा

अमेरिकाको संसद भवन क्यापिटल हिलमा हंगामा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको राजधानी वासिंटन डीसीमा बुधवार विरलै देखिने घटना राजनीतिक दंगा भड्किएको छ । कानुन निर्माता सांसदहरु गत नोभेम्बर महिनामा भएको राष्ट्रपति निर्वाचन नतिजा प्रमाणित गर्न वैठक बसिरहंदा राष्ट्रपनि डोनाल्ड ट्रम्प समर्थकहरुले सिनेट कांग्रेस भवनमा क्यापिटल हिलमा ताण्डव मच्चाएका हुन्  ।
 
संसद भवन क्यापिटल हिलका भवनका सिसा फुटाईएका छन् । प्रहरीले व्यापक शक्ति उपयोग गर्दा समेत उदण्ड प्रर्दानकारीहरुलाई रोक्न कठिन भएको थियो । प्रहरीले गोली समेत चलाउनु परेको थियो । 
 
उक्त निर्वाचनमा सानो मनअन्तरले राष्ट्रपति डोनाल्ड ट्रम्प हारेका थिए । तर, ट्रम्पले यो नतिजालाई स्विकारेका छैनन् । 
तस्बिर: सामाजिक संजाल

अमेरिकाको संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति निर्वाचनलाई सिनेट र कांग्रेसले प्रमाणित गर्नु पर्छ । त्यहांवाट प्रमाणित भएपछि उपराष्ट्रपतिले यसलार्य प्रमाणित गर्छन । त्यसपछि यो नतिजाले औपचारिकता पाउंछ र निर्वाचित राष्ट्रपतिले जनवरी २० देखि सत्ता सम्हाल्छन् । 
 
बुधवारको घटनालाई अमेरिकाको प्रजातन्त्रकै वेइज्जत पुर्ण दिनका रुपमा लिईएको छ । नराम्रो पक्ष राष्ट्रपति ट्रम्पले यस्तो अवस्था जानाजान ल्याउका हुन् । तर, राम्रो पक्ष यो घटनालाई राष्ट्रपतिको पार्टी रिपब्लिकन पार्टीका नेताहरुले पनि गलत भएको वताएका छन् । यो घटना पछि राष्ट्पति ट्रम्प नराम्रोसग एक्लिएका छन् । 
तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल
निर्वाचित राष्ट्रपति जो वाइडेनले केही सानो संख्यामा रहेका प्रर्दशनकारी कानुन नमानेको वताउंदै यसलाई राजद्रोह भनेका छन् । 
 
यो समाचार तयार पर्दासम्म वुधवार सांझ यो संसदको नियमित प्रकृया पुन शुरु भएको थियो । यो प्रमाणित गर्ने प्रकृया वुधवारै समाप्त गर्ने योजना छ । तस्बिर: सामाजिक संजाल