अमेरिका बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको शक्तिशाली रुप नयां स्ट्रोन अमेरिकामा पनि भेटिएको छ । कोलोराडोका एक युवामा यस्तो शक्तिशाली भाइरस देखा परेको हो ।
कोलोराडोका गभर्नर जेराल्ड पोलिसले यसको पुष्टि गरेका छन् । अमेरिकामा नयां भाइरस देखिएपछि स्वास्थ्य क्षेत्रमा फेरी नयां जोखिम थपिएको छ ।
कोलोराडोको अलवर्ट काउण्टीका ति युवालाई अहिले अरुको सम्पर्क भन्दा अलगै राखिएको छ । उनले हालै कतैपनि यात्रा गरेका थिएनन ।
यो कोभिड १९ भाइरसको शक्तिशाली रुप हो । यो भाइरस निकै छिटो एकजनावाट अर्कोमा सर्छ ।
हामीले यसलाई नजिक वाट अनुगमन गरिहरेका छौ पोलिसले भने । स्थानिय जनस्वास्थ्य अधिकारीहरुले ती युवाको सम्पर्कमा आउनेको पहिचान गरिरहेको जनाएका छन् ।
यो शक्तिशाली भाइरस पहिले बेलायतमा देखिएको सार्वजनिक भएपछि विभिन्न देशले सतर्कता अपनाएका छन् । कयौं देशले बेलायतसंगको हवाई उडान वन्द गरेका छन् ।
तर, यो भाइरस भारत लगायत विश्वका विभिन्न स्थानमा पुगेको सार्वजनिक भएको छ ।
अमेरिकामा कोभिड १९ को वढ्दो संख्या, मृत्युदरमा आएको एक्कासी बृद्धि अहिले चिन्ताको विषय भएको छ । खोप अभियान चलेकाले सर्वसाधारण बेफ्रिकी घुम्न थालेका छन् । अमेरिकामा विगत २ महिना चाडवाड परेकाले पनि मानिसको आवतजावतमा एक्ककासी बृद्धि भएको थियो । यस कारणले कोभिड १९ को महामारीपनि फैलिएको हो ।
प्रतिक्रिया