मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकीहरूले फेरि सरकारबाट पाउने भए ६ सय डलर

अमेरिकीहरूले फेरि सरकारबाट पाउने भए ६ सय डलर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको कोभिड १९ राहत कानुनमा हस्ताक्षर गरेका छन् । आइतवार साँझ राष्ट्रपति ट्रम्पले संसदले स्वीकृत गरेको पठाएको ९ सय अर्ब डलर बरावरको कोभिड १९ राहत कानुनलाई स्वीकृत गरेका हुन् । 

यस अनुसार अमेरिकामा कानुनी रूपमा बस्ने हरेकले ६ सय डलर प्रत्यक्ष राहत पाउने छन् । यो कानुनमा बाँकी सहयोग उद्योग व्यवसाय, कोभिड १९ खोप लगायतका क्षेत्रमा खर्च गरिने छ । 

यस अघि कोभिड १९ का कारण अमेरिकाले प्रत्येकलाई १२ सय डलर राहत दिएको थियो । 

राष्ट्रपति ट्रम्पले यस अघि अमेरिकीहरूले २००० हजार डलर प्रत्यक्ष पाउनु पर्छ भन्दै संसदले स्वीकृत गरेको उक्त विलमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । तर, यसको चार दिन पछि ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरेका हुन् । 

कम यात्रुका कारण समस्यामा परेका एयरलाइन्स कम्पनी लगायत साना व्यवसायलाई पनि सहयोग गर्ने यो कानुनमा उल्लेख छ । यसवाहेक अहिले रोजगार गुमाउनेले पाएको बेरोजगार रकम पनि निरन्तर हुने छ । यो कानुनले अमेरिकाको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गर्ने वताईएको छ । कपिपयले राहतको रकम आवश्यकता भन्दा निकै कम भएको दावी पनि गरेका छन् । 
 
यसको विस्तृत विवरण आउन बाँकी छ ।  तस्बिर : सामाजिक संजाल