मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एएनएको नेतृत्वमा टेक्ससका भट्टराई निर्वाचित

एएनएको नेतृत्वमा टेक्ससका भट्टराई निर्वाचित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस, अमेरिका । उत्तर अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए)को हालै सम्पन्न निर्वाचनबाट सन् २०२१-२०२३ को लागि नयाँ कार्यकारिणी समितिको अध्यक्षमा टेक्ससका विजयराज भट्टराई निर्वाचित भएका छन् । आगामी जनवरी १ बाट कमिटीले पदभार ग्रहण गर्नेछ।

सूचना प्रविधिका इन्जिनियर भट्टराईले यसअघि टेक्ससको नेपाली समाजमा उपमहासचिव, महासचिव तथा स्कुलको प्रिन्सिपल भएर कार्य गरिसकेका छन् । सन् २०१४ बाट एएनएको आजीवन सदस्यता लिएका उनले यसअघि उपाध्यक्ष र महासचिवको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् । 

अमेरिकामा सामाजिक सेवामा निकै सक्रिय भट्टराईले एनआरएन अमेरिकाको नेप्लीज इन अमेरिका इस्टिमेसन (२०१४-२०१५) कमिटीमा रहेर अमेरिकामा नेपालीहरुको तथ्यांक प्रस्तुत गरेका थिए । उक्त कमिटीले प्रस्तुत गरेको तथ्यांक नै अमेरिकामा नेपालीहरुको आधिकारिक संख्याको आधार मानिन्छ । 

त्यसैगरी सन् २०१९ को एनआरएन निर्वाचनको सदस्यता फ्रडसम्बन्धी कमिटीमा रहेर २०९३ सदस्यता भेरिफिकेसन नभएको तथ्याङ्क पनि उनी सम्मिलित कमिटीले निकालेको थियो । 

हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको स्मार्ट एनआरएनए कमिटीमा रहेरसमेत उनी सक्रिय भूमिका निभाइरहेका छन् । स्मार्ट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको एउटा निकै महत्त्वपूर्ण सफ्टवेयर निर्माण गर्ने प्रोजेक्ट हो । 

त्यसैगरी यसैवर्ष मात्र २ हजार ५०० आजीवन सदस्य रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अन्तर्राष्ट्रिय निर्वाचनमा आफ्नै सफ्टवेयर निर्माण गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेका थिए ।  

डिसेम्बर १५ का दिन एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजाअनुसारको एएनएको आगामी कार्यकालका लागि निम्नअनुसार चयन भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, क्यानडाका लागि उपाध्यक्षमा डा तुल्सी धरेल, पूर्वी क्षेत्र उपाध्यक्षमा शैलेन्द्रबहादुर खत्री, पश्चिमी क्षेत्र उपाध्यक्षमा डा दुर्गा दाहाल, महासचिवमा डा चूणामणि खनाल, सहसचिव विनय गौतम, कोषाध्यक्ष डा. उषा शर्मा, सहायक कोषाध्यक्ष राधाकृष्ण धमला, लक्ष्मणलाल प्रधान युवा संयोजकमा चयन भएका छन् ।