
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको विरोधमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौँमा प्रदर्शन गरेको छ । संघले बुधबार साँझ काठमाडौँको माइतीघरमा पौडेलको पक्राउको विरोध गर्दै प्रदर्शन गरेको हो ।
उनीहरुले गिरफ्तारी सरकारलाई महँगो पर्ने चेतावनी दिएका थिए । उनीहरुले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको चर्को विरोध गरेका थिए । माइतीघरमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गरी तितरवितर पारेको थियो ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले आफ्ना नेता पौडेललाई रिहा गरेरमात्र नहुने भन्दै प्रशासनले सार्वजनिक रुपमै माफी माग्नुपर्ने बताए । उनले माफी नमागे आन्दोलन जारी रहने चेतावनी दिए ।
बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनको विषयलाई लिएर विवाद हुँदा नेता पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । पौडेल रिहा भइसकेका छन् ।

हिमालय खबर -
- कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप
- प्रतिनिधिसभा पुनःस्थापना नभए निर्वाचनमा जान्छौँ : अध्यक्ष यादव
- काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
- जनताको सार्वभौमसत्तामाथि आक्रमण गर्नेविरुद्ध उत्रिन प्रचण्डको आग्रह
- ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
- प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- भारतमा एक करोड छ लाखमा कोरोना संक्रमण
प्रतिक्रिया