मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

भोट हालौं

भोट हालौं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्ससमा केही दिन अघि धेरै नेपालीले सडकमा आएर डेमोक्रेटीक पार्टीको पक्षमा भोट मागे । ड्यालास नजिक पर्ने सानो शहर युलेसमा नेपाली समुदायले स्थानीय निर्वाचनलाई प्रभावित पार्न सक्ने हैसियत बनाएका छन् । अमेरिकी राजनीतिमा प्रवेश गरेका ह्यारी भण्डारीले पनि डेमोक्रेटीक पार्टीका पक्षमा प्रचार प्रसार गरेका छन् ।

क्यालिफोर्नियामा व्यवसाय गर्ने बासुदेव घिमिरेको समर्थन भने डोनाल्ड ट्रम्पलाई समर्थन छ । बजारमा समान किन्न जाँदा उही मूल्य छ, भने तपाई राम्रो नै छान्नुहुन्छ घिमिरेले भने यही भएर म ट्रम्पलाई नै छान्छु । उनको दावी संख्याका आधारमा ट्रम्पले जित्छन भन्ने छ ।

न्यूयोर्कमा बसेर अमेरिकी शेयर बजारमा लगानी गर्ने रविन बज्राचार्यपनि ट्रम्पका पक्षमा छन् । रविन जस्तै शेयर बजारमा लगानी गर्नेलाई धेरैलाई ट्रम्पले जिते भने फाइदा हुन्छ भन्ने अाशा छ ।

कुन पार्टी कुन उम्मेदवार छान्ने भन्नेमा सबै स्वतन्त्र छौं । तर, हामी यति मात्र आग्रह गर्छौ यदी तपाईले मत दिनका लागि नाम लेखाउनु भएको छ मत पत्रमा नाम छ भने मंगलवार भोट हाल्ने जाऔं । हामी हिमालय खबर परिवारले यसपटकको चुनाव सामान्य अवस्था नरहेकोले संसारलाइ रोग, भोकबाट मुक्तीका लागि नेतृत्व गर्नुपर्ने कारणले ट्रम्पबाट त्यो संभावना नदेखिँदा जो वाइडेन र कमला ह्यारिसलाइ इण्डोर्स गरेका छाैँ । 

रिपव्लिकन र डेमोक्र्याटीक पार्टी बीच तिव्र विभाजन भएको यो चुनावमा एउटै समानता छ दुवै पार्टीका उम्मेदवारले भोट हाल्न भनिरहेका छन् । यो चुनाव राष्ट्रपति को हुन्छ भन्ने मात्र होइन कंग्रेस (नेपालमा प्रतिनिधि सभा जस्तै ) र कतिपय स्थानमा सिनेट (माथिल्लो सदन)का लागि पनि चुनाव भईरहेको छ । यहाँ कुन पार्टीको बहमुत हुन्छ यो पनि अमेरिकाको राजनीतिमा निकै महत्वपुर्ण छ । त्यस बाहेक स्थानिय मुद्दा र प्रतिनिधिका लागि पनि कयौं स्थानमा निर्वाचन हुदैं छ । यसको मतलव भोट हाल्नु पर्ने ठाउँ धैरै छन् ।

मेरो जाबो एउटा भोटले के हुन्छ ? भोट विश्वको कुनै पनि देशमा हाले पनि एउटै हो । नेपाली समुदाय जसले भोट हाल्न योग्य छन यो संख्या ५५, ६० हजार होला । यो संख्याले पक्कै पनि अमेरिकी राजनीतिलाई तल माथि गर्दैन । जसले कर्मभुमी अमेरिकाको नागरिकता स्विकारेका छन् उनीहरुले नेपालमा एक भोट हाल्ने अधिकार गुमाएका छन् । नेपालमा भोट हाल्न पाइदैन ठिकै छ, जहाँ पाइन्छ त्यही आफ्नो मतको सदुपयोग गर्ने हो । आफ्नो विचार सिद्धान्त मिल्नेलाई मत दिने हो ।

चुनावमा सहभागी भई मत दिनु नागरिक अधिकार हो । चाहे नेपालमा हुनुहोस वा अमेरिकामा तपाई हामीले दिने एक मतको मूल्य जहाँ भएपनि उही हो । यती मात्र होइन कर्मभूमि अमेरिकाको राजनीति यहाँको समाज र समुदायलाई वुझ्ने मौका पनि हो । आफुलाई यहाँको माहोलमा सहभागी गराउने अवसर पनि हो । ज जसले अग्रिम भोट गर्नु भएन मंगलवार अन्तिम मौका हो मत हाल्ने ।

अमेरिका विश्वकै शक्तिशाली देश हो । विश्वमै यसको प्रभाव छ । यहाँको राजनीति, अर्थनीति, कुटनीतिले विश्वमै प्रभाव पार्छ । नेपालकै कुरा गरौं अमेरिकासँग जोडिएको एमसीसीले राजनीतिनै तातो बनायो । डन्डोप्यासेफिक नीति विवादको विषय वनेको छ । 

सवैभन्दा वढी नेपाली समुदाय स्थायि रुपमा बसोवास गर्ने देश अमेरिका नै हो । त्यसैले पनि यहाँ भोट हाल्ने मौका छ भने किन त्यसै जान दिने । यहाँ हाल्ने एक भोट विश्व राजनीतिमा प्रभाव पार्ने भोट हो । भोट हालौं विश्वमै आदर्श मानिएको प्रजातन्त्रिक व्यवस्थाको स्वाद लिउँ ।