मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरबपती व्यवसायी डोनाल्ड ट्रम्पले जम्मा ७५० डलर मात्र कर तिरे

अरबपती व्यवसायी डोनाल्ड ट्रम्पले जम्मा ७५० डलर मात्र कर तिरे


अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सधै आफुलाई निकै सफल र धनी व्यवसायीका रुपमा प्रस्तुत गर्दै आएका छन् । यही कारण उनले अमेरिकी राष्ट्रपतिका रुपमा नियमानुसार पाउने पारिश्रमिक पनि लिदैंनन । अमेरिकाको प्रतिष्ठित दैनिक द न्यूओर्क टाइम्स ट्रम्पले आम्दानी खर्च र हर तिरेको वित्तीय प्रतिवेदनका आधारमा उनले दावी गरेजस्तो सफल व्यवसायी पनि नभएको र उनका केही कम्पनीले भारी नोक्सान भोग्नु परेको समाचार सार्वजनिक गरेको छ । 

उनले जसरी आफुला धनी र सफल वनाउंदै आएका छन् यो गफ पनि हो भन्ने समाचारले देखाउंछ । 

टाइम्सलाई प्राप्त राष्ट्रपति ट्रम्पको कारोवार विवरणमा विगत १५ बर्षमा १० बर्ष कुनै कर नतिरेको उल्ल्ेख छ । सन् २०१६ र २०१७ मा ट्रम्पले जम्मा ७५० अमेरिकी डलर मात्र कर तिरेको पनि समाचारमा उल्लेख छ । 

यो औषत अमेरिकीले राज्यलाई तिर्ने कर भन्दा पनि निकै कम हो ।

टाइम्सको यो विवरण सोमवार सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा नयां तरगं आएको छ । अरबपती व्यवसायी ट्रम्पले बािर्षक कर दाखिला सम्वन्धि विवरण सार्वजनिक नगरेको ४ बर्ष अघि पनि निर्वाचनका वेला मुद्दाका रुपमा उठेको थियो ।

अमेरिकामा प्रत्येक बर्ष अमेरिकी नागरिक र यहां कानुनी रुपमा आम्दानी गर्नेले कर विवरण ट्याक्स फाइल आन्तरिक राजश्व कार्यालयमा भर्नु पर्छ । 

अमेरिकी राष्ट्रपति चुनाव नजिक आउंदै गर्दा सार्वजनिक भएको टाइम्सको यो रिपोर्ट चुनावी मुद्दा भएको छ । यो समाचार रिपब्लिकन पार्टीवाट राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पलाई हानी पुर्याउने अड्कल गरिएको छ । तर, राष्ट्रपति ट्रम्पले यो समाचारलाई फेक न्यूज भन्दै अस्विकार गरेका छन् । 

आफ्नो थुप्रै कम्पनी र व्यवसायमा लगानी रहेको हुदां हरहिसाव भईरहेको वताउंदै ट्रम्पले यो सकिएपछि आफ्नो कर विवरण सार्वजनिक गर्ने दावी पनि गरेका छन् । ट्रम्पका वकिलले पनि समाचारमा आएका धेरै जसो विवरणमा कुनै सत्यता नभएको दावी गरेका छन् । 

मुख्य दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट पार्टीका राष्ट्रपति उम्मेदवार विच मंगलवार प्रत्यक्ष बहस हुने कार्यक्रम छ । यसले गर्दा पनि टाइम्सको यो रिपोर्ट चर्चाको विषय वनेको छ । आउने नवंबरको पहिलो साता राष्ट्रपति पदको लागि निर्वाचन हुदैं छ । 

टाइम्सले ट्रम्पसंग सम्वन्धित व्यवसाय र उनको आम्दानी सम्वन्धि वित्तीय विवरण केलाउंदै ट्रम्पका कयौं व्यवसाय नोक्सानमा चलिरहेको पनि उल्लेख गरेको छ । भारत, फिलिफिन्स जस्ता देशमा उनको नाममा चलेका व्यवसायले भने आम्दानी दिएको समाचारमा उल्लेख छ । अमेरिका भित्र भने उनका कयौं व्यवसाय नोक्सानमा गएका छन् केही मात्रै फाइदामा चलेका छन् । यसआधारमा ट्रम्पले दावी गरेजस्तो उनी सफल व्यवसायी पनि नभएको समाचारमा उल्लेख छ । कर तिर्नुको साटो व्यवसाय नोक्सानमा गएको भन्दै उनले ट्याक्स रिफण्ड (फिर्ता) समेत लिएका छन्  ।