मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा नेपाली समाज सामुदायिक भवन निर्माणको लागी पुःन जुर्मुराउंदै

कोलोराडोमा नेपाली समाज सामुदायिक भवन निर्माणको लागी पुःन जुर्मुराउंदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी नेपाली तथा नेपाली भाषी भुटनिजहरु नेपालीको पहिचाहन झल्कने सामुदायीक भवन निर्माणकोलागी फेरी जुर्मुराएका छन् । 

झण्डै तिन बर्ष अघि सामुदायिक भवन निर्माणकोलागी सफलताका साथ श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न गरे पश्चात बिभिन्न कारणले सुस्ताएको यो समाज सामुदायिक भवन निर्माणको लागी पुःन जुर्मुराएको हो ।

कोलोराडोमा स्थापीत नेपालीहरुको साझा संस्था नेपाली घरको  संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा २०१८ मे महिनामा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न भएको थियो । उक्त महायज्ञमा दाताहरुले दानगरेका तथा दानगर्न प्रतिबद्धता जनाएका गरी झण्डै ६ लाख सहयोग संकलन भएको थियो । यस बिचमा जग्गा तथा  भवन खरिद गर्न  बिभिन्न समिती उप समितीहरु गठन भए । उनिहरुले अहोरात्र खटेर कोलोराडोको धेरै ठाउमा जग्गा तथा भवन हेर्न दौड धुप गरे पनि यस समुदाय जग्गा किन्ने वा भवन किन्ने भन्ने निर्णयमा पुग्न सकेको थिएन । 

अहिले यस समुदाय जग्गा नकिन्ने तयारी भवन नै किन्ने भन्ने निर्णयमा पुगी सकेको छ । त्यसैको फल स्वरुप 4001 W 76 Ave. westminster Co.मा चर्ज पत्ता लगाई खरिद प्रकृया अगाडी बढिसकेको नेपाली नेपाली घरका अध्यक्ष लक्षुमन रानाले बताएका छन् ।

यस बिचमा दाताहरुलाई आफुले प्रतिबद्धता गरेको रकम संकलन गर्न बैंक देखि बैंक सम्म नियमित संकलन हुने प्रविधी ACH लगायत बिभिन्न माध्यमहरुको तयार भई सकेको बताउदै अध्यक्ष रानाले सबैलाई पुःन एकजुट भई नेपाल र नेपालीको पहिचाहनको केन्द्र बिन्दु निर्माणकालागी सहयोग गर्न अनुरोध गरेका छन् । 

कोलोराडोमा नेपाली तथा नेपाली भाषी भुटनिज समुदायको २ हजार भन्दा बढि परिबार रहेको र हरेक परिवारले १ हजारका दरले सहयोग गर्दामात्र पनि २ मिलियन भन्दा बढि रकम संकलन गर्न सकिने उनको रहेको दावी छ । 

कुनैपनि कामगर्नु अगाडी रकम तयार गर्नुपर्ने हुनाले, यस सामुदायिक भवन किन्न पनि ३० प्रतिषद भन्दा बढि Down payament र मासीक रुपमा तिर्नु पर्ने Mortgage तयारी गर्नु पर्दछ । त्यसैले यी सबै तयारीको लागी बैकमा संचित रकम र नियमित आम्दानीको श्रोत देखाउनु पर्ने हुनाले दाताहरुलाई Dollar Day, ACH, एकमुष्ट, त्रैमासीक, चाैमासीक, कुन माध्यमबाट कसरी आफुले कबुल गरेको वा दानगर्न ईच्छा गरेको रकम दान गर्न चाहनु हुन्छ  त्यही माध्यमबाट दान गरिदिनुहुन अनुरोध गरिएको छ । 

अहिले हरेक नेपालीको घर घर सम्म यो सन्देश पु¥याउन र कोलोराडोमा नेपाली र नेपाली भाषीको उपस्थिती देखाउन बिभिन्न शहरमा के कती नेपाली तथा नेपाली भाषाी समुदायकाे बसाेबास रहेकाे छ भन्ने पत्ता लगाउन डाटा संकलन कार्य समेत अगाडी बढेको हुनाले सबैलाई आफ्नो जानाकारी दिएर सहयोग गरिदिन समेत अनुरोध गरिएको छ