मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सुकृति र साइमनले ल्याए ‘सत्र पुष्प पत्र’ नामक कथासंग्रह

सुकृति र साइमनले ल्याए ‘सत्र पुष्प पत्र’ नामक कथासंग्रह


अमेरिका । सारा विश्व कोभिड-१९ को कहरमा नराम्रोसँग जकडिएको परिस्थितिमा नेपाललगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरूस्थित बालबालिकाको स्वास्थ्य एवं शिक्षा सेवाको लागि सहयोग पुर्याउने उद्देश्यले भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालो गरी सत्र पुष्प पत्र (सेभेन्टिन पेटल्स) नामक पुस्तक प्रकाशित गरेकी छिन्।  

किन्डल डाइरेक्ट पब्लिसिङ्गद्वारा बजार व्यवस्थापन गरिएको उक्त पुस्तकमा १७ वटा कथा छन् जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरूको बारेमा मनमोहक चर्चा गर्छन्: स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन, इच्छुकता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्ति। 

बढ्दो उमेरका बालबालिकाहरुका लागि लक्ष्य गरी लेखिएको उक्त पुस्तकले पत्रकार, अखबारका सम्पादकहरू र विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनी अत्यन्त सकारात्मक समीक्षाहरू प्राप्त गरिसकेको छ।

आफ्ना कडा लेखहरुको माध्यमबाट बालबालिकाहरुका लागि पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको पहिलो कथासंग्रहले युवा पाठकहरुको मन जित्ने कुरामा म ढुक्क छु, अमेरिकाबाट प्रकाशित हुने ओज़ी डट कम नामक प्रसिद्ध अनलाइन पत्रिकाका सम्पादक ट्रेसी मोरानले सत्र पत्रको बारेमा लेख्छिन्। 

यी छोटा कथाहरू यति आकर्षक छन् कि सान फ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा टीका लम्साल भन्छन् उनी पढ्दै जाँदा कथा यत्ति चाँडै अन्त नहोऊन भन्ने चाहन्थे। ती कथाहरु पढ्नेबित्तिकै डा ढकालले भने कि उनले त्यो सानो पुस्तक तुरुन्त आफ्नी छोरी र त्यसपछि आफ्नो छोरालाई पढ्न दिए।

डा धर्म अधिकारीले उक्त पुस्तकको बारेमा लेखेका छन्, नयाँ कोरोना भाइरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैनस् जीवन भनेको अदम्य मानव भावनाको बारेमा हो, हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो, केवल साँचो अर्थमा  ब्यूँझनको लागि  हो। डा अधिकारीले चीनको एक विश्वविद्यालयमा पत्रकारिता अध्यापन गर्छन्।

प्रोफेसर डा ईश्वरी पाण्डेले  पुस्तकको अग्रलेखमा लेख्छन्, “तपाईंको यात्रा अब रमाइलो ज्ञानको लागि शुरु हुँदै छ। दुई सुन्दर कथाकारहरुको यो अद्भूत संग्रह पढ्दा तुरुन्त महशुस हुञ्छ कि यी शब्दको सामान्य अर्थमा बालकथा मात्र होइनन्। यी कथाहरु सबै उमेर समूहका लागि हुन्। यी कथाहरू पढे पछि म स्वयम्लाई शान्त, सम्पूर्ण र अर्थपूर्ण महसुस भैरहेकोछ । तिनीहरूले तपाईंलाई पनि यस्तै (जादु) गर्न सक्छन्।

सेप्टेम्बर १५ मा अमेजनमा पुस्तक विमोचन गरिएको दिन प्रेस विज्ञप्ति जारी गर्दै लेखकहरूले भने कि यो पुस्तक उनीहरूको अभिभावकहरुको मौखिक कथा बाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा हो। 

ूकोरोना भाइरसका कारण घरमै बन्दि भएको अवस्थामा विभिन्न शरणार्थी शिविरहरुमा आफु जस्तै बाल बालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीको बारेमा टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथासंग्रह प्रकाशन गर्ने जमर्को बढेको सुकृतिले भनिन ।

ूयी कथा जो हाम्रो दिमागमा लामो समय देखि बसिरहेका थिए, यिनी हरुलाई अरु पाठक  सम्म पुर्याउनको लागि पुस्तक लेख्न पाउदा हामीलाई खुशी लागेको छ,” साइमनले भने । 

लेखकहरुले यो पुस्तक आफ्नी ममतामयी आमा सोना शर्मा र हजुरआमा मिन्द्र कुमारीमा समर्पित गरेका छन।  केशवराज खनालले प्रत्येक कथालाइ चित्रमा उतारेको यो कथासंग्रहको कभर तथा पेज डिजाइन कृष्ण शर्माले गरेका छन्। अमेजनले सेप्टेम्बर ९ देखि पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रि(अर्डरको लागि उपलब्ध गराएको थियो।

सुकृति शर्मा हाल फैर्फक्स काउन्टीमा १२ कक्षामा पढ्छिन भने साइमन शर्माले ७ कक्षामा पढ्छन् । सुकृतिका विगतका लेखहरु अमेरिकाको राष्ट्रियस्तरका पत्रिकामा समेत प्रकाशित छन् । उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन् ।