मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एकैदिन ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

एकैदिन ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो


काठमाडौँ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२६ जनामा संक्रमण देखिएको हो । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
 
यो सँगै सङ्क्रमितको सङ्ख्या ८२७४ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । नयाँ संक्रमितमध्ये ८८ महिला र ३३८ पुरुष छन् ।
 
नेपालमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।  प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप २१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २०७ पुरुष रहेका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १४०२ पुगेको छ । 
 
पछिल्लो २४ घन्टामा ४ हजार २३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
उनका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेसनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिँदै आएको छ ।  देशका ७४ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । 

शेयर गर्नुहोस:

0
Shares