मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

चितवनमा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि


चितवन । चितवनको भरतपुरस्थित कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 
भरतपुर अस्पतालले सोमबार प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
 
पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । 
 
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका छ जना, भरतपुर महानगरको क्वारेन्टाइनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना रहेका छन् ।
 
त्यसैगरी नवलपुरका पाँच जना र धादिङका एक जनामा पनि कोरोना पुष्टि भएको हो । माडी र भरतपुर महानगरपालिकामा भेटिएका सङ्क्रमितहरु भारतबाट आएका नेपाली छन् । 
 
अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।
 
भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार सो अस्पताल र कोरोना अस्पतालमा उपचाररत छ जनाको सोमबार गरिएको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । ती दुई अस्पतालमा आठ जना कोरोना सङ्क्रमित उपचाररत छन् । 

शेयर गर्नुहोस:

0
Shares