मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

रोल्पामा पनि कोरोना संक्रमित फेला

रोल्पामा पनि कोरोना संक्रमित फेला


रोल्पा । रोल्पामा पहिलोपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकैपटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो  । यससँंगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । 
 
प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका –५ का २० र २७  वर्षीय तथा वडा  नं ६ का २० वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी  दिए । 
 
संक्रमित युवा यह जेठ १२ भारतबाट आएका थिए । उनीहरुलाई अलगअलग क्वारेन्टिनमा राखिएको थियो । वडा नं ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका दुई र वडा नं ६ को जनज्योति मावि क्वारेन्टिनमा रहेका एक जनाको कोरोना पुष्टि भएको हो  ।  क्वारेन्टिनमा बसेका उनीहरुको एक साताअघि स्वाब संकलनका गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।  
 
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार  १२६ जना क्वारेन्टिनमा छन् । तीमध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् । 
 
बैंक व्यवस्थापक पनि संक्रमित
 
कपिलवस्तुमा एक बैंक व्यवस्थापकमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा व्यवस्थापकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज थप संक्रमित देखिएका २४ जना समेत अब कपिलवस्तुमा कोरोना संक्रमित ५४७ पुगेका छन् ।
 
जिल्लाका गाउँपालिका यशोधरामा १५१, मायादेवीमा ५३, शुद्धोधनमा ३० र  विजयनगरमा  २१ तथा नगरपालिका महाराजगञ्जमा १११, कृष्णनगरमा ५२, शिवराजमा ४८, कपिलवस्तुमा ३०, बुद्धभूमिमा  २९ र  वाणगंगामा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares