मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा एकैदिन २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

नेपालमा एकैदिन २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो


काठमाडौँ । नेपालमा एकैदिन २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७० पुरुष र १८  महिला संक्रमित भएको जानकारी दिए । 
 
मंगलबार देखिएको संक्रमण हालसम्मकै बढी हो । यसअघि सोमबार २३९, शनिबार १८९ र शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । जसमा पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ६१ जिल्लामा कोरोना फैलिसकेको छ । 
 
मंगलबार देखिएका संक्रमितमध्ये सबैभन्दा बढी रौतहटका छन् । रौतहटमा ७४ जना संक्रमित थपिएका छन् । यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आठ वर्षीया बालिकादेखि ६० वर्षसम्मका ३८ जना रहेका छन् । 
 
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा रौतहटका ३६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु १२ वर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । यस्तै, सर्लाहीका १३ वर्षदेखि ४० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, सिराहामा १६ देखि ४२ वर्षसम्मका १७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ । प्रदेश नं २ अन्तर्गत धनुषामा ६ जना, महोत्तरीमा दुई जना, सप्तरीमा एक र बारामा एक जनामा संक्रमण पुष्टि भएको छ ।
 
यसैबीच, काठमाडौँ मेडिकल कलेजमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मी तथा मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कायैरत एक नर्स गरी चार जनामा कोरोना संक्रमण देखिएको छ । 
 
यसैगरी, बागमती प्रदेशको भक्तपुरकी एक महिला, परोपकार प्रसुति अस्पतालमा उपचाररत धादिङकी २३ वर्षीया युवती, नुवाकोटका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 
 
यस्तै, बाँकेमा १७ जना, बर्दियामा ३ जना, कपिलवस्तुमा १६ जना, रुपन्देहीमा १० जना, दाङमा थप १७ जनामा, प्युठानमा एक जना, नवलपरासी पूर्व, बुलिङटारमा एक जना र नवलपरासी पश्चिम रामग्राममा एक पुरुषमा संक्रमण देखिएको छ । 
 
यसैगरी, स्याङ्जा ५ जना, सुर्खेतमा थप २७ जना, दैलेखमा ९ जना, सल्यानमा थप १८ जना, कैलालीमा १० जना, कञ्चनपुरमा ८ जना, अछाम १० जनामा समेत कोरोना संक्रमण देखिएको छ ।  
 
नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठ जनाको ज्यान गएको छ भने २६६ जना निको भई घर फर्किएका छन् । नेपालका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको संख्या एक हजार ८२५ रहेको मन्त्रालयले जनाएको छ । 

शेयर गर्नुहोस:

0
Shares