मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सोमालियामा नौ चिकित्सकको हत्या

सोमालियामा नौ चिकित्सकको हत्या


मोगादिसु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । 
 
स्थानीय सञ्चार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद सहर नजिक फेला परेको जनाएका छन् ।
 
सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध सुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ । 
 
इस्लामिक सरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान सञ्चालन गरिरहेको छ । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares