मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई पुग्यो

नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई पुग्यो


काठमाडौँ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
 
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिडबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारी दिए । नरैनापुर–५ बाँकेका ती पुरुष गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । 
 
ती व्यक्तिलाई शनिबार राति ज्वरो, पखालालगायत स्वास्थ्य समस्या आएको थियो । आज बिहान ६ः४० बजे उनको मृत्यु भएको हो । उनको पिसिआर परीक्षणका लागि स्वाबको परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए । 
 
यसअघि शनिबार सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको पनि कोभिडबाटै मृत्युको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् ।
 
सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, श्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको थियो । 
 

शेयर गर्नुहोस:

0
Shares