मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एकैदिन ८३ जनामा संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

एकैदिन ८३ जनामा संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मंगलबार राति पुनः २६ जनामा देखिएको छ । मंगलबार अपरान्हमात्रै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा मंगलबार पुनः काठमाडौँ उपत्यकासहितमा  संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
 
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ जना पुगेको छ ।  
 
मंगलबार दुईपटकको अद्यावधिक विवरणअनुसार ८३ संक्रमित भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबैभन्दा ठूलो संख्या हो ।
 
नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष  छन् । 
 
यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । 
 
उनका अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् । यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ ।
 
सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् । रासस 

शेयर गर्नुहोस:

0
Shares