मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सप्तरीमा पनि भेटियो कोरोना, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीमा पनि भेटियो कोरोना, संक्रमितको संख्या १२१ पुग्यो


विराटनगर। प्रदेश नं १ सँग जोडिएको सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ मा १८ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
 
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
 
संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
 
सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।
 
त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares