मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतमा ३७ हजार बढी संक्रमित, एक हजार २२३ को मृत्यु

भारतमा ३७ हजार बढी संक्रमित, एक हजार २२३ को मृत्यु


नयाँ दिल्ली । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २२३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
गएको २४ घन्टायता भारतमा २ हजार ३९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मकै सबैभन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।
 
यी संंक्रमितहरूमध्ये १० हजार ७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २६ हजार १०६ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।
 
भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँमात्र संक्रमितहरूको संख्या ११ हजार ५०६ रहेको र ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ७२१ संक्रमित रहेका छन् । यस राज्यमा ७३५ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ ।
 
गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको छ । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ । त्यसैकारण भारतमा पुनः लकडाउन थपिएको छ ।
 
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुनेगरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।
 
दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभर बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउनको घोषणा गरिएको हो । एएनआई