मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप दुईसहित कोरोना संक्रमितको संख्या ५९ पुग्यो

थप दुईसहित कोरोना संक्रमितको संख्या ५९ पुग्यो


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ । 
 
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
 
उनले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताए । 
 
नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् । 
 

शेयर गर्नुहोस:

0
Shares