काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ५८ पुगेको छ । वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले जानकारी दिए।
यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय एक पुरुष, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २, छपकैयाका ४६ वर्षीय पुरुष रहेका थिए । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइएको छ ।
प्रतिक्रिया