मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोनाको आशंकामा भर्ना गरिएका धादिङका युवाको मृत्यु

कोरोनाको आशंकामा भर्ना गरिएका धादिङका युवाको मृत्यु


धादिङ । कोरोना संक्रमित भएको आशंकामा ललितपुरको पाटन अस्पताल भर्ना गरिएका एक जना बिरामीको सोमबार दिउँसो मृत्यु भएको छ । उनको कोराना परीक्षणको रिपोर्ट भने आइपुगेको छैन ।
 
अस्पतालका निर्देशक प्राडा विष्णु शर्माका अनुसार अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको थियो ।
 
धादिङको खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते घर आएका थिए । किड्नीको समेत समस्या रहेका उनलाई केही दिनदेखि अत्यधिक ज्वरो आउन थालेपछि परिवारले उनलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएका थिए ।
 
धादिङ अस्पतालले आइतबार उनलाई काठमाडौँ रिफर गरेको थियो । मृतक युवाका एक आफन्तका अनुसार ती बिरामीलाई आइतबार ४ बजे पाटन अस्पताल पु¥याइएर आइसियूमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
 
आइसियूमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो । १६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि आइतबार धादिङबाट काठमाडौँ पठाइएको थियो ।
 

शेयर गर्नुहोस:

0
Shares