काठमाडौं – नेपाली सेनाले हेलिकप्टबाट कोभिड १९ विरुद्ध विषादि छरिने भनी भाइरल भएको अडियो झुटो तथा मनगढन्ते भएको भन्दै यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सेनाले नेपाल सरकारको योजनाबमोजिम रोकथाममा लाग्ने र सबै उपायहरु अवलम्बन गर्ने सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सेनाले कोभिड १९ को महामारीको न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनका लागि तयारी गरेको पनि जानकारी गराएको छ।
आज मात्र प्रहरीले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो।








प्रतिक्रिया