मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोना महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने डब्लुएचओको चेतावनी

कोरोना महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने डब्लुएचओको चेतावनी


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ ।
 
डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेकी छिन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ ।’
 
दक्षिण पूर्वी एसियाली देशमा कोभिड-१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने चेतावनी डब्ल्यूएचओले दिएको हो ।
 
डब्ल्यूएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ । तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १७७ जना संक्रमित भएका छन् ।
 
यस्तै, इन्डोनेसियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् । यस्तै नेपाल र भुटानमा पनि १/१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ ।
 

शेयर गर्नुहोस:

0
Shares