मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

तालिबानी लडाकुद्वारा न्यायाधीशको हत्या

तालिबानी लडाकुद्वारा न्यायाधीशको हत्या


हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
 
हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकुको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए । 
 
प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गरे । 
 
साप्ताहन्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए । 
 
अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् । सिन्हवा
 

शेयर गर्नुहोस:

0
Shares