अमेरिका – अमेरिकाको सवैभन्दा लोकप्रिय खेल फुटवलको फाइनल सपुरबल ५४ क्यान्सस सिटीले आफ्नो पोल्टामा पारेको छ ।
फ्लोरिडाको मायामीमा आइतवार भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको अन्तिम अन्तिमसम्मपनि कुन टिम सुपरबल विजेता वन्छ त्यो अनुमान गर्न कठिन थियो । तर, अमेरिकाको सानो राज्य क्यान्ससको टिम क्यान्सस चिफले खेलको अन्तिमतिर आफ्नो अवस्था निकै बलियो वनाएर सानफ्रान्सिस्कोको टिमलाई स्तव्ध पारेको थियो ।
यो सुपरबल खेल मात्र थिएन माध्यन्तरमा प्रसिद्ध गायिका जेनिफर लोपेज (जोलो) र साकिराको प्रस्तुती पनि मन लोभ्याउने थियो । होला मियामी भनेर साकिराले मध्यान्तर तताएकी थिईन । सुन्दरी जोलोको प्रस्तुतीपनि आंखा चिम्म नपारी हेर्नु पर्ने खालको थियो ।
सुपरबल खेल मात्र होइन यो अमेरिकामा सवैभन्दा वढी हेरिने टेलिभिजन शो पनि हो । त्यसैले यहांं आउने विज्ञापनको समेत चर्चाको विषय वन्छ । कोकाकोला कम्पनीको इनर्जी ड्रिंक्स, बडवाइजर वियर, प्रिंकलल्सका विज्ञापन त्यहां देखिएको थिए ।
खेल भनेपछि अहिले बाजीको पनि कुरा आईहाल्छ । बाजी जित्ने र हार्नेहरुपनि यस पटक पनि थुप्रै भए । बाजी थाप्न अमेरिकामा नेपाली समुदाय पनि पछि छैन । टेक्ससको रेष्टुरेष्टमा आइतवार सांझ हार्ने जित्नेका कुरा सुनियो भने नौलो मान्नु पर्दैन । नेपालीको बाजी पनि सानो तिनो देखि सयौंको पनि हुने गरेको छ ।
जे होस सानफ्रान्सिस्कोको समर्थकहरुलाई चित्त दुखाएर सुपरबल ५४ सकिएको छ । तस्बिर :समाजिक संजाल






प्रतिक्रिया