मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आधुनिक फुटबल मैदान निर्धारित समयभित्र सक्न मुख्यमन्त्रीको निर्देशन

आधुनिक फुटबल मैदान निर्धारित समयभित्र सक्न मुख्यमन्त्रीको निर्देशन


हृटौँडा । मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । 
 
उनका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा निर्माणाधीन सो खेलमैदानको सम्याउने, विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधनहरु जडान गरी मिलाउने  कार्य जारी रहेको छ ।  
 
प्रदेश सरकारले मकवापुरको हेटौँडा र सिन्धुपाल्चोकमा समेत फुटबल मैदान निर्माण गरिरहेको र दुवैको अन्तिम चरणमा रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । उनले भने, “खेल क्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिनसक्छ।” 
 
मुख्यमन्त्री पौडेलले खेलक्षेत्रका पूर्वाधारहरुको विकास गरेर ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र अर्थिक वृद्धिदर हुने बताए । 
 
उनले काममा हुने ढिलाइ कुनै पनि शर्तमा सह्य नहुने बताए । मुख्यमन्त्री पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्डहल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्नेगरी काम गरिरहेको जानकारी दिए । 
 
मुख्यमन्त्री पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदान र कभर्डहलको निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माणकार्यसमेत सकिने र फुटबल मैदानको प्यारापिट निर्माणकार्यसमेत तत्काल सुरु गरिने बताए । 
 
“हाम्रो कार्यकालभित्र सबैखालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन्, प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदानहरु बन्छन्, स्थानीय तहहरुमा पनि खेलमैदान निर्माणकार्यलाई प्राथमिकता दिइन्छ ” उनले भने । 
 
२३ बिघामा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । 
 
प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।

शेयर गर्नुहोस:

0
Shares