मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

पिपिएल क्रिकेट : चितवन राइनोज फाइनलमा

पिपिएल क्रिकेट : चितवन राइनोज फाइनलमा


पोखरा । चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवनले उपाधि पक्का  गरेको हो । 
 
चितवन लिग चरणका पाँचवटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । 
 
पोखरा रंगशालामा भएको खेलमा भएको खेलमा पारस खड्काले कप्तानी गरेको चितवनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँलाई ६० रनले पराजित गरेको हो ।
 
टस जितेर काठमाडौँले फिल्डिङ राजेपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६७ रन बनायो । १७८ रनको विजयी लक्ष्य प¥याउने क्रममा काठमाडौँले २० ओभरमा नौ विकेट गुमाएर १०७ रन मात्र बनायो । 
 
चितवनका लागि बाबर हयातले ७०, रोहन मुस्तफाले अविजित ५९ तथा आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए । बलिङतर्फ काठमाडौँका सुशन भारी, वसन्त रेग्मी र अमरसिंह रौतेलाले एक/एक विकेट लिए ।  
 
यस्तै विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले ४०, पवन सर्राफले २७ तथा पृथु बाँस्कोटाले १८ रन बनाए । 
 
बलिङतर्फ चितवनका सन्नी पटेलले तीन, रोहन मुस्तफाले दुई तथा करन केसी, भुवन कार्की, पारस खड्का र रामनरेश गिरीले एक/एक विकेट लिए । हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ 

शेयर गर्नुहोस:

0
Shares