मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राको तेस्रो ह्याट्रिक

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राको तेस्रो ह्याट्रिक


काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन् । 
 
लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८–० गोलले हरायो । एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरिन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो ।  
 
प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं–२ लाई ३–० गोलले हरायो । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए । मंगलबार प्रदेश नं–५ र भुटानको टोलीबीच खेल हुनेछ ।
 
अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 
 
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली  सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । 

शेयर गर्नुहोस:

0
Shares