मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोथरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

लोथरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते


चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका १ स्थित लोथरमा दुई ट्रक एकआपसमा ठक्कर खाँदा दुवै ट्रकका चालकसहित चार जना गम्भीर घाइते भएकोमा एक चालकको उपचारका क्रममा पुराजनो मेडिकल कलेजमा मृत्यु भएको छ ।  
 
सोमबार बिहान ७ः ३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको ना ६ ख ७९६७ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । 
 
दुर्घटनामा गम्भीर घाइते भएका ना ६ ख ७९६७ नम्बरका ट्रक चालक झापा कंकाई नगरपालिका वडा नं १ निवासी ४० वर्षीय अर्जुन जोगीको उपचारका क्रममा बिहान ८ ः २५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्वल ब्रदेवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।   
 
यस्तै, ना ५ ख ८७४३ नम्बरको ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगर १४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक मकवानपुरको वागमती गाउँपालिका वडा नं १ का २० वर्षीय सोमबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares