मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

चार फुटबल खेलाडीलाई कारबाही

चार फुटबल खेलाडीलाई कारबाही


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार खेलाडीलाई कारबाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारबाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिबाना गरिएको छ ।  
 
विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारबाही गरिएको हो । 
 
एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ । 
 
चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । चारै खेलाडीका कारण नेपालले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एसियाली खेलकूद (साग) गुमाउनु परेको थियो ।  
 

शेयर गर्नुहोस:

0
Shares