मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली समाजको चुनाव डिसेम्बर २८ मा

नेपाली समाजको चुनाव डिसेम्बर २८ मा


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि यही डिसेम्बर २८ मा निर्वाचन हुने भएको छ । 
 
निर्वाचनको तयारीका लागि नेपाली समाजले विभिन्न समितिहरू गठन गर्नुका साथै कामहरू तिब्र रूपमा अघि बढाएको छ । दुइ साता अघि भएको समाजको साधारण सभाले पूर्व अध्यक्ष बैकुण्ठ थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकेको छ भने पूर्व महासचिव विजयराज भट्टराइको संयोजकत्वजमा सदस्यता समिति गठन गरेको छ । 
 
यो समितिमा ज्ञानेन्द्र कार्की, केशव लामिछाने, सीता सपकोटा, प्रयाश बास्तोला सदस्य रहेका छन् । 
 
संयोजक भट्टराइले मंगलबार विज्ञप्ती जारी गर्दै निर्वाचनमा सहभागी हुनका लागि डिसेम्बर २१ तारिकसम्म सदस्यता लिइसक्नुपर्ने उल्लेख गरेका छन् । 
 
नेपाली समाज टेक्ससको सदस्य तीन प्रकारका छन् । ५ हजार डलर तिरेर ट्रष्टी सदस्य, ५ सय डलर तिरेर अजीवन सदस्य र २० डलर तिरेर दुइ वर्षका लागि सदस्य बन्न सकिन्छ । 
१८ वर्ष उमेर पुगेका र टेक्सस राज्यमा बसोबासर गर्ने नेपाली समुदायलाइ सदस्यता लिनका लागि समितिले अपिल गरेको छ । 
 
डिसेम्बर २८ मा हुने चुनावका लागि समिकरण तयार पार्न समुदायका अगुवाहरू सकृय देखिएका छन् ।
 
 

शेयर गर्नुहोस:

27
Shares