मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इजरेली प्रधानमन्त्री बेन्जामिन न्यतान्याहुलाई भ्रष्टाचार, जालसांजी लगाएतका आरोप

इजरेली प्रधानमन्त्री बेन्जामिन न्यतान्याहुलाई भ्रष्टाचार, जालसांजी लगाएतका आरोप


इजरेली न्याय मन्त्रालयले प्रधानमन्त्री बेन्जामिन न्यतान्याहुलाई भ्रष्टाचार, जालसाॅजी एवं अधिकारको दुरुपयोग जस्ता जघन्य अपराध गरेको ठहर गरेको छ। उनलाई सो कसुरमा मुद्दा चलाइने निश्चित जस्तै छ। 
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रत्यक्ष समर्थन पाएका प्रधानमन्त्री न्यतान्याहुले गत सेप्टेम्वरमा भएको संसदीय चुनावमा १२० सदस्यीय संसद (नेसेट) मा ३२ सिट मात्र जितेर दोश्रो ठूलो दल बन्न सक्यो। गत एप्रिलमा भएको चुनावबाट सरकार बन्न नसकेपछि मे मा नेसेट भंग भएर गत सेप्टेम्वरमा दोश्रो चुनाव भएको थियो। 
 
त्यसबाट पनि सरकार बन्न आवश्यक बहुमत ल्याउन नसकेपछि अन्य दलहरुको समर्थनमा सरकार बनाउने उनको कसरत सफल हुन सकेन। हाल अन्तरिम प्रधानमन्त्रीको हैसियतमा रहेका न्यतान्याहु संभवत आगामी मार्च २०२० मा हुने अर्को चुनावका बेला  उनी लिकुड पार्टीलाई नेतृत्व गर्ने हैसियतमा नहुन सक्छन् र उनले जेल जान पर्ने हुन सक्छ। तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares