बिश्व घटना

बिर्तामोड नगरपालिका र अर्वाईन सिटी बीच भगिनी संस्था सम्बन्ध स्थापनाका लागी पहल शुरु

बिर्तामोड नगरपालिका र अर्वाईन सिटी बीच भगिनी संस्था सम्बन्ध स्थापनाका लागी पहल शुरु


अमेरिका- पारिवारिक भ्रमणमा रहनु भएका बिर्तामोड नगरपालिका अनारमनी,  झापाका मेयर धुर्व शिवाकोटीले लसएन्जल्स  स्थित अर्वाईन सिटि कि मेयर क्रिस्टिना एल  सिया संग भेटवार्ता गरेका छन् ।बिर्तामोड नगरपालिका र अर्वाईन सिटि बीच भगिनी संस्थाको सम्बन्ध स्थापित गर्ने उद्देस्यले सो भेट वार्ता भएको हो र भेटमा बिर्तामोड नगरपालिकाको तर्फ  बाट उक्त नगरपालिकाले अर्वाईन सिटिलाई भंगिनी संस्थाको सम्बन्ध स्थापित गर्ने प्रस्ताव पत्र हस्तान्तरण गरिएको छ  ।
 
साथै नगरपालिकाको तर्फ बाट मायाको चिनो समेत मेयर शिवाकोटीले अर्वाईन सिटि मेयर क्रिस्टिना लाई उपहार स्वरुप प्रदान गर्नु भयो यसै गरि अर्वाईन सिटि मेयर क्रिस्टिनाले  मेयर शिवाकोटी लाई सिटि ब्याच तथा क्यान्डल उपहार प्रदान गरेका थिए ।
 
भेटघाटका अवसरमा दुवै मेयरहरुले आ -आफ्नो सिटिका भौगोलिक अवस्था , जनताको चाहना , विकाश र गुरुयोजनाहरुका बारेमा विचार आदान प्रदान   गरेका थिए र  मेयर धुर्व शिवाकोटीले बिर्तामोड नगरपालिका क्षेत्र भित्रका पक्कि बाटो , सामुदायिक विद्यालय , स्वास्थ्य अवस्था , नगरवासीको  आय आर्जनमा नगरपालिकाले  खेल्ने भूमिका बारे शेयर गरेका थिए ।
 
अर्वाईन सिटिकि मेयर क्रिस्टिनाले यो भेट बाट आफु उत्साहित र गौरवान्वित भएको बताउदै नेपाल बाट आफ्नो सिटिलाई पहिलो पल्ट यो प्रस्ताब आएकोले नगर प्रमुख धुर्व शिवाकोटी , नगरपालिका परिवार र नगरवासी प्रति धन्यवाद ज्ञापन गर्दै अहिले सम्म अर्वाईन सिटिले अन्य मुलुकका तिन ओटा सिटि संग भगिनी सम्बन्ध स्थापना  गरि कार्य गरिरहेको जानकारी दिएका छन् ।
 
निरन्तर रुपमा ३५ वर्ष सम्म अर्वाईन सिटि को नेतृत्व गर्दै आउनु भएकी क्रिस्टिना यो औपचारिक प्रस्ताव सिटिको नियमित बैठकमा पेश गरिने बताउदै यो भेटले दुवै सिटीको आपसी सम्बन्ध स्थापना गर्ने कार्यको सुरुवात भएको भन्दै वातावरण , सरसफाई , बालबालिकाका लागि पार्क तथा नगरवासीका लागि अर्ग्यानिक खाद्यान्न मा हातेमालो गर्न सकिने छ भन्दै खुशि ब्यक्त गरेका थिए ।