बिश्व घटना

यौनजन्य कृयाकलाप गरेको अभियोगमा सिनसिन्याटी फोरेष्ट पार्कमा बालकृष्ण अधिकारी पक्राउ

यौनजन्य कृयाकलाप गरेको अभियोगमा सिनसिन्याटी फोरेष्ट पार्कमा बालकृष्ण अधिकारी पक्राउ


हिमालयखवर संवाददाता 
सिनसिन्याटी (अमेरिका)- एक बालिकालाई यौनजन्य कृयाकलाप गरेको अभियोगमा ३३ बर्षिय बालकृष्ण अधिकारीलाई स्थानिय प्रहरीले पक्राउ गरेको छ ।
 
फोरेस्ट पार्कमा वस्ने अधिकारीले १० बर्षिय बालिकालाई गलत आशयले छोएको र बलात्कार गरेको आरोप लगाईएको  स्थानिय संचार माध्यम सिनसिन्याटी इन्क्वायररले जनाएको छ ।
 
फोरेष्ट पार्क प्रहरी सक्षम अधिकारीले बालिकालाई फोनमा यौनजन्य चलचित्र देखाई उनलाई छोएको स्विकारेको वताईएको छ ।
 
अधिकारी माथि ह्मिल्टन काउण्टी अदालतमा मुद्दा दायर गरिएको छ । उनी वाहिर आउनका लागि अहिले १५ लाख अमेरिकी डलर धरौटी तिर्नुपर्ने गरी तोकिएको छ ।