मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

यौनजन्य कृयाकलाप गरेको अभियोगमा सिनसिन्याटी फोरेष्ट पार्कमा बालकृष्ण अधिकारी पक्राउ

यौनजन्य कृयाकलाप गरेको अभियोगमा सिनसिन्याटी फोरेष्ट पार्कमा बालकृष्ण अधिकारी पक्राउ


हिमालयखवर संवाददाता 
सिनसिन्याटी (अमेरिका)- एक बालिकालाई यौनजन्य कृयाकलाप गरेको अभियोगमा ३३ बर्षिय बालकृष्ण अधिकारीलाई स्थानिय प्रहरीले पक्राउ गरेको छ ।
 
फोरेस्ट पार्कमा वस्ने अधिकारीले १० बर्षिय बालिकालाई गलत आशयले छोएको र बलात्कार गरेको आरोप लगाईएको  स्थानिय संचार माध्यम सिनसिन्याटी इन्क्वायररले जनाएको छ ।
 
फोरेष्ट पार्क प्रहरी सक्षम अधिकारीले बालिकालाई फोनमा यौनजन्य चलचित्र देखाई उनलाई छोएको स्विकारेको वताईएको छ ।
 
अधिकारी माथि ह्मिल्टन काउण्टी अदालतमा मुद्दा दायर गरिएको छ । उनी वाहिर आउनका लागि अहिले १५ लाख अमेरिकी डलर धरौटी तिर्नुपर्ने गरी तोकिएको छ ।

शेयर गर्नुहोस:

0
Shares