मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

हात्ती सुन्दरीको उपाधि बिजुलीकलीलाई (भिडियो सहित)

हात्ती सुन्दरीको उपाधि बिजुलीकलीलाई (भिडियो सहित)


सौराहा, चितवन । पूर्वी चितवनको सौराहामा आयोजित हात्ती महोत्सवमा जारी हात्ती सुन्दरीको उपाधि बिजुलीकलीले जितेको छ । 
 
प्रतियोगितामा सहभागी तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले यो उपाधि जितेको हो । 
 
सुन्दरीको होडमा चम्पाकली, एलिसाकली र सेल्फीकली थिए । हात्तीको सरसफाइ, श्रृंगार, हिँडाइ, घाउचोट नभएको, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी प्रतिस्पर्धा गराइएकोमा मूल्यांकनबाट बिजुलीकली उत्कृष्ट घोषित भएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले बताए । 
 
यस्तै, हात्ती फास्टवाकबाट ६ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेका छन् । 
 
त्यस्तै हात्ती पोलोअन्तर्गत शनिबारको खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए । 
 
एनआरएनए हङकङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै सेभेर स्टार फाइनलमा पुगेको हो । निर्धारित समयसम्म ३÷३ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार एक शून्यले विजयी भएको प्रवक्ता भट्टराईले बताए । 
 
हात्तीका छावाहरुबीचको फुटबल खेलमा सिजी फुड्स विजयी भएको छ । सिजीले कोकाकोलालाई पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । समाज, संरक्षण र समृद्धि नारासहित यही पुस ११ गतेदेखि सुरु भएको हात्ती महोत्सव भोलि आइतबार सकिँदैछ । 
 
प्रदेश नम्वर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिने कार्यक्रम तय भएको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
 

शेयर गर्नुहोस:

0
Shares