मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हरिबोलले महासमिति बैठकमा देउवा र पाैडेलपुत्रको नाम लिएपछि (भिडियो सहित)

हरिबोलले महासमिति बैठकमा देउवा र पाैडेलपुत्रको नाम लिएपछि (भिडियो सहित)


काठमाडाै । नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले वर्तमानलाइ मात्र नहेरि भविष्यलाइ हेरेर राजनीति गर्न नेतृत्वतहलाइ सुझाव दिएका छन् । 
काठमाडाैमा जारी महासमिति बैठकमा अाफ्नो धारणा राख्ने क्रममा भण्डारीले छोरापुस्ताको भविष्यलाइ हेरेर राजनीति गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ अाग्रह गरे ।
 
‘तपाइहरू अादरणीय नेताहरूले यहाँ सहभागी भएका १५ सय महासमिति सदस्यहरूमा जयबीर सिंह र चिन्तन पाैडेलको अनुहार देख्नुभयो भने पार्टीको समस्या समाधान हुनेछ,‘ भण्डारीले भने । जयबीर सिंह देउवाका छोरा हुन् भने चिन्तन पाैडेल चाँही रामचन्द्र पाैडेलका छोरा हुन् । 
 
उनले नेपाली कांग्रेसको केन्द्रीय समितिमा विश्वभरिका जनसम्पर्क समितिको पनि प्रतिनिधित्व हुने व्यबस्था गर्न पनि माग गरे । भण्डारीले दोहोरो नागरिकताको व्यबस्थामा पनि कांग्रेसले लचिलो भएर अघि बढ्नुपर्ने धारणा राखे ।
 
‘लालबाबु पण्डितले हामीलाइ भुपु नेपाली भनिरहँदा, नारायणीमा लगेर बगाइदिनुपर्छ भनिरहँदा अादरणीय सुशील कोइरालाले हामी विदेशमा रहेका नेपालीलाइ नागरिकता दिने साहसिक निर्णय लिनुभएको थियो‘ उनले भने । भण्डारी एनअारएनका सल्लाहकार पनि हुन् । 
 
अमेरिका लगायत विभिन्न देशमा रहेको नेपाली कांग्रेसको जनसम्पर्क समितिका नेताहरुले महासमिति सदस्यको रुपमा महासमिति वैठकमा सहभागिता जनाएका छन् । 
 
अमेरिकाबाट भण्डारी लगायत जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, विष्णु सुवेदी लगायतको सहभागिता छ ।