हिजोबाट नेपालीहरुको अर्थात सम्पूर्ण सनातन धर्मलम्बीहरूको महान चाड बडा दशैंको अन्तिम दिन सकिएको छ । हिजो कोजागत पुर्णिमाबाट यसवर्षको दशैँले बिदा लिएको छ । संसार भरिका नेपालीहरुले गतबर्ष झैं यसबर्ष पनि धुमधामसँग दशैं मनाए ।
पहिले पहिले अर्थात गणतन्त्र आउनु अगाडी यो चाड मनाउन नेपालमा १५ दिन सरकारी बिदा दिने चलन थियो । सबै नेपालीहरु चाहे त्यो बुद्धिस्ट होस् या इशाई वा मुसलमान सबैजना मिलेर यो चाड धुमधामसँग मनाउथे । यसले गर्दा उनीहरुमा भाइचारा को सम्बन्ध थियो ।
हिन्दुको चाड भईकन पनि नेपालीहरुले मानउने तरिका फरक छ । तर आज प्रजातन्त्रको नाममा यो सम्बन्ध टुटेर आ-आफ्नो तरिकाले छुट्टा छुट्टै तरिकाले मनाएको देखिन्छ । दशैं हिन्दुको चाड भए पनि नेपाली हरुको एक पहिचान हो जसले नेपालीलाई एक सुत्रमा बाँध्न मद्दत गरेको छ। यतिमात्र हैन यस्ता धेरै कुराहरु आज नेपालको नया राज्य ब्यबस्थाले गर्दा नेपाल र नेपालीको आफ्नो मौलिकता डगमगाएको छ। हामी नेपालीको संस्कार भनेको नै यहाँका मौलिक सभ्यता हिन्दू, बौद्ध, किरात, बोन्पो, जैन संस्कार भएता पनि पछिल्लो समयमा एकाएक धर्म परिबर्तनको लहर बढेर गएको छ । नेपालको भूराजनीतिक अवस्था र एशिया क्षेत्रको बढ्दो आर्थिक वृद्धिदर बाँकी विश्वका लागि चासोको विषय भएको छ ।
जसरी आफ्नो आमाबाबु फेर्न मिल्दैन ठिक त्यसैगरि आफ्नो धर्म संस्कार छोड्न मिल्दैन। के आफ्नो धर्म अँगाल्दैमा कुनै पनि राज्य ब्यबस्था प्रजातान्त्रिक हुदैन । बरु त्यो देशसमृद्धको बाटोतिर अगाडी बढ्न सक्छ । लहलहैमा लागेर वा बिदेशीको नक्कल मात्र गर्ने बानीले हामीले आफ्नो कुरा धेरै गुमाई सकेका छाै।
यस्तै हो भने एक दिन हामीसँग आफ्नो केहि रह्दैन । यति सम्मकी हाम्रो प्यारो देश नेपाल पनि हामीसँग नरहन सक्छ । त्यतिखेर हामी अर्काको दाश भएर पछुताउन बाहेक अरु केहि गर्न सक्दैनौ। हाम्रा सन्ततिले हामीलाई सराप्ने छन । राज्य ब्यबस्था परिबर्तन भएर धर्म संस्कार परिबर्तन गर्न जरुरी छैन । राज्यब्यबस्था भनेको आफ्नो आबस्यकता अनुसार बनाउनु पर्छ।
अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा पनि किन कम्युनिष्ट हुन् पाइदैन । धर्म निरपछ्य राज्य भईकन पनि किन आफ्नो कृश्चियन धर्मलाई मात्र संरक्षण दिई रहेको छ ? अमेरिकाले एकातिर निरपेक्षता अर्कोतिर संरक्षण ९उचयतभअतष्यल० निति लिइएको छ ? यो अमेरिकाको माैलिक पहिचान हो । तसर्थ कुनै पनि देशको राज्य ब्यबस्था त्यही देशको मौलिकताको आधारमा बनाउनु पर्छ । हामीले आफुलाई भारत, चीन, अमेरिका, युरोप वा अरबको दृष्टिकोणबाट हेर्ने होइन नेपालकै दृष्टिकोणबाट हेर्ने हो ।
नेपालको दृष्टिकोणबाट हेर्दा हामीलाई अहित हुने कार्य जसले गर्छ, त्यसको विरोध गर्ने हो । हाम्रो हित हुने कार्य जसले गर्छ त्यसको स्वागत गर्ने हो। विरोध गर्न आवश्यक परे जसको पनि विरोध हुन्छ कुनै देशको बेफ्वाँकमा विरोध गर्दै बस्नेर कुनै देशको अनावश्यक समर्थन, नक्कल तथा जयजयकार गर्दै बस्ने पनि होइन। नेपालीभएर नेपाल केन्द्रित सोच, बोली व्यवहार र आफ्नो पन गर्ने हो । न दक्षिण, न उत्तर, न पश्चिम न पूर्व । अरुको भर पर्नेलाई परिरहन्छ कष्ट। अरुको निगाहमा बाँच्ने होइन अब हामी स्वावलम्बी, स्वाधीन र स्वतन्त्र भएर समृद्ध बनाउने हो नेपाललाइ ।
आजको नेपाली समाजको आर्थिक बिचलन र भ्रष्टाचार तथा बेतिथी, कम्युनिस्ट पुजीवादी संस्कृतिको अवलम्बनले आर्थिक समृद्धि तथा भौतिक सुख लाई जिवनको लक्ष्य ठाने पछि हुने नै भ्रष्टाचार, आर्थिक बिचलन तथा बेतिथी हो । आफ्नो जरो या मुल बिर्सदा आफुलाइ हेर्न र चिन्न अरुकै सहायता लिनु पर्ने स्थितिमा पुगिन्छ भन्ने प्रमाणित हुँदै गएको छ । जसरी बिकास र विनास एकै सिक्काका दुई पाटा भए जस्तै आर्थिक समृद्धि तथा आर्थिक बिचलन पनि समानान्तर विशेषता हुन् । कम्युनिस्ट पुजिवादको बैचारिक विशेषता भनेको बिकासको समृद्धिसँगै विध्वंसको क्षमता कायम राख्नु हो ।
जसरी आर्थिक निर्धारण गरेर हुनेखाने र हुँदाखाने वर्गको वर्गीकरण गरिन्छ, त्यसैगरी विध्वंसात्मक क्षमताको विश्लेषण गरेर विकासको स्तर निर्धारण गरिन्छ । त्यही भएर हरेक राष्ट्र बिध्बंशको प्रतिस्पर्धामा छन् । समुदायमा सामाजिक तथा साँस्कृतिक मुल्य बेवास्ता गरेर आर्थिक मुल्यलाई मात्र प्रोत्साहन गरिदै छ, त्यसैको परिणाम हुन् भ्रष्टाचार, आर्थिक बिचलनतथा बेतिथी ।
जहा इच्छा त्यहाँ उपाय भने झैँ समस्यासँगै समाधान पनि छन् । त्यो पुर्वाग्रहरहित राजनीतिक दण्ड सजाय त हुँदै हो । तर सामाजिक तथा सांस्कृतिक मुल्य पहिचान गरि आफ्नो मुल र केन्द्र जोगाउनु हो । अनाबस्यक चिजहरुको डंगुर निर्माण गर्नुभन्दा आफ्नो मुल र केन्द्रको संरक्षण र सम्बर्द्धन गर्नु वुद्धिमानी हुन्छ । माग्न मात्रै लम्पसार हुनुभन्दा आफ्नो पोल्टामा भएका चिजको पहिचान गरेर उद्धमशिलताको बिकास गरि, मुल र केन्द्रको संरक्षण गर्दै सामाजिक तथा सांस्कृतिक मूल्य प्रोत्साहन गर्दै अघि बढ्नु बुध्दिमान हो ।
बैज्ञानिक सत्ययुगको यात्रामा विध्बंशको चुनौती रहित सहृदयी अर्थतन्त्र स्थापना गर्न सकिने श्रेयस्कर रोडम्याप जरो किलोसँग छ । राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, समाजवाद, पुँजीवाद, संघीयता आदि जे भने पनि तिनको उत्पत्ति र निर्णय गर्ने शक्ति नेपाल र नेपालीजनमा छैन भने कुनै अर्थ छैन । कहिलेसम्म विदेशी शिक्षानीति, अर्थनीति, राजनीति, स्वास्थनीति, संस्कृतिनीति आदिको प्रयोगशाला बनाउने हाम्रो नेपाललाई ? हजारौं वर्ष सफलताको साथमा प्रयोग गरिएको हाम्रोआफ्नै मौलिक व्यवहारिक शिक्षानीति (गुरुकुल) अर्थनीति, सहृदयी अर्थतन्त्र राजनीति, राज्यराष्ट्र सिद्धान्त स्वास्थनीति, आयुर्वेदिक पद्धति, संस्कृतिनीति, सनातन पद्धति आदिको मुल मन्त्रलाइ नछोडी वर्तमान अनुसार चल्नु आधुनिकता युक्त पुनर्जागरण र पुनर्जागरण सहितको आधुनिकताको अबलम्बन गर्न हामी सबै अब एक होउँ ।
नेपाली मौलिकता हरुलाई संरक्षण गर्ने उद्ध्येश्य्ले २०७२ सालको बडा दशैंको घटस्थापनाको दिन संकल्प गरि जरो किलो अभियान शुरु गरिएको हो । अझ बिश्वभरिबाट हजारौ नेपाली (हिमाल,पहाड र तराई) सँग पुगिसकेको अवस्था छ । तसर्थ हामी नेपालीले आफ्नो मौलिकता अर्थात् आफ्नोपन कायम राख्ने हो भने अब सोच्ने बेला आएको छ ।
नेपालमा त्यो हो जरो र किलो अभियान (Root & Locus Movement) र यसले अहिले आफ्ना बिभिन्न गैर नाफामुलक तथा नाफामुलक सस्था मार्फत समस्त राष्ट्रको अंगहरु शिक्षानीति, अर्थनीति, राजनीति, स्वास्थनीति, संस्कृतिनीति, विदेशनीति आदि सबै क्षेत्रमा अनुसन्धान तथा खोजको कार्यमा लागि रहेको छ। यसै अन्तर्गत संसारभरि रहेका नेपालीहरुले पनि जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति लाई खोज र अनुसन्धान को क्षेत्रमा सहयोगको साथै १७ देशमा तदर्थ समिति गठन गरी जरोकिलोको मुल अभियानमा जुटेका छन् । जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति, जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति, जरो किलो प्रतिष्ठान, युग निर्माण महिला समाज, प्रगतिबादी युवा समाज, सहृदयता समाज नेपाल र अखिल नेपाली बिद्यार्थी संघ पनि यसैका मुल धारमा रही कर्मशील छन्।
(लेखक जरो किलो प्रतिष्ठान अमेरिकाका संयोजक हुन् ।)
प्रतिक्रिया