मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मेक्सिकोमा छ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा छ महिनामा आठ पत्रकारको हत्या


मेक्सिको सिटी । मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान परेको मेक्सिकोबाट प्राप्त समाचारमा जनाइएको छ ।
 
मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 
 
प्रदेशको अभियोक्ताको कार्यालयले दिएको जानकारीअनुसार चानलाई शुक्रबार बेलुकी रेष्टुरेन्टमा खाना खाइरहेका बेला अज्ञात व्यक्तिले पटकपटक गोली प्रहार गरेको जनाइएको छ ।
 
कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा फेलिप कारिल्लो पुएर्टोमा रहेको एउटा रेष्टुरेन्टमा उनीमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको र उनको हत्याको बारेमा यथार्थ भने पत्ता नलागेको पनि सरकारी अधिकारीहरुले बताएका छन् । 
 
हत्या गरिएका चान एक स्थानीय अनलाइन पोर्टलमा कार्यरत थिए । प्रदेशका सरकारी अधिकारीहरुले उनको हत्यागर्ने अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने दाबी गरेका छन् । स्थानीय केही प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार केही शंकास्पद व्यक्तिहरु रेष्टुरेन्टभित्र पसेर ती पत्रकारमाथि गोली प्रहार गरेका थिए । 
 
मानवअधिकार रक्षक र पत्रकारहरुको एक केन्द्रीय संयन्त्रले सन् २००१ देखि अहिलेसम्म मेक्सिकोमा १३९ जना पत्रकारको हत्या भएको छ । तीमध्ये अधिकांश पछिल्लो दशकमा मारिएका हुन् । 
 
मेक्सिको विश्वमै पत्रकारहरुका लागि अत्यन्त खतरा र जोखिम रहेको देशमा पर्दछ । घटना भएको थाहा पाएपछि शनिबार बिहान पत्रकारले विरोध प्रदर्शन गरेका थिए । 
 
उनीहरुले पत्रकार चानको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदर्शन गरेको व्यानरमा लेखिएको छ, “पत्रकारलाई मार्दैमा सत्य डग्दैन ।” सिन्हवा

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares