मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जुलाइमा एएनएका दुइ मुख्य कार्यक्रम गर्दै

जुलाइमा एएनएका दुइ मुख्य कार्यक्रम गर्दै


हिमालयखवर संवाददाता
वासिङटन डिसी (अमेरिका) – जुलाइ महिनामा अमेरिकामा रहेका नेपाली संस्थाहरूमध्य सबैभन्दा पुरानो असोसिएसन अफ नेप्लिज इन अमेरिका  (एएनए) ले दुइवटा ठूला कार्यक्रम अायोजना गर्ने भएको छ । 
 
जुनको ३० (शनिवार) र जुलाई १ (आइतवार) मा वासिङगटन डिसीमा दुई दिने कार्यक्रम र त्यसको लगत्तै अर्को हप्ताहन्त जुलाई ७ र ८ मा क्यानाडा को टोरोन्टो मा 'अन्तर्रास्ट्रिय कन्फरेन्स' को आयोजना गर्न लागेको एएनएका महासचिव विजयराज भट्टराइले जानकारी दिए । 
 
अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई एएनए महिना पनि भन्ने गरिन्छ। सन १९८३ को स्थापनाकाल देखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ। 
 
यसले अमेरिका तथा क्यानाडा दुवै मुलुकमा नेपालीहरुको प्रतिनिधित्व गर्दछ। उल्लेख्य संख्यामा अाजीबन सदस्यहरू समेत रहेको यस संस्थाले नै अमेरिकामा नेपालीहरुको संस्थागत बिकाश को सुरूवात गरेको हो । 
 
'रोल्स अफ नेपाली डायस्पोरा इन हाइयर एजुकेशन इन नेपाल' नामको अन्तर्रास्ट्रिय कन्फरेन्स भने एएनएले अन्य दुई संस्थाहरु यूरोप स्थित 'ग्लोबल पोलिसी फोरम फोर नेपाल' र क्यानाडा फाउण्डेसन फोर नेपालसँग संयुक्त रुपमा गर्न लागेको हो। यस अन्तर्रास्ट्रिय कन्फरेन्सको कार्यक्रम सहयोगीको रुपमा नेपाली दूतावास, ओटावा, क्यानाडा, एनआरएन क्यानाडा र कन्सर्न नेपाल क्यानाडा समेत रहेका छन्। 
 
झन्डै दुई महिना अघिबाट सुरु गरिएको यस कार्यक्रमको तयारी करिब अन्तिम अवस्थामा पुगिसकेको जानकारी कन्फरेन्सका कन्भेनर तथा एएनएका क्यानाडा क्षेत्रका उपाध्यक्ष डा. तुल्सी धरेलले दिए । 
 
एएनएका ट्रस्टी बोर्ड का चेयर डा. अम्बिका अधिकारी नै चेयर रहनु भएको उक्त कार्यक्रमको कोमेनेजर (पेपर पब्लिकेशन) मा डा. गोबिन्द दाहाल, तथा डा. दिनेश गजुरेल र कन्फरेन्स लियाजन फोर नेपालमा डा. प्रमोद ढकाल छन् । 
 
एकाडेमिक एण्ड हाइयर एजुकेशन प्रोफेसनल, रिसर्चर, एजुकेटर्स, एकाडेमिक एडमिनिस्ट्रेटर तथा अन्य बिद्यार्थी तथा प्रोफेसनललाई टारगेट गरिने यस कार्यक्रमको निचोड नेपाल सरकारलाई प्रदान गरिने एएनएका अध्यक्ष प्रा. मेदिनी अधिकारीले जानकारी दिए । 
 
कन्फरेन्स सम्बन्धी थप जानकारी तथा रजिस्ट्रेसन सम्बन्धी जानकारी वेबसाइट https://canpec.org/ बाट प्राप्त गर्न सकिनेछ।
 

शेयर गर्नुहोस:

0
Shares